जिल्ला अदालत हुम्लाद्वारा ८६.९५ प्रतिशत मुद्दा फर्छ्यौट
सारांश
- जिल्ला अदालत हुम्लाले चालु आर्थिक वर्षमा ८६.९५ प्रतिशत मुद्दा फर्छ्यौट गरेको छ।
- अदालतले ६९ मुद्दामध्ये ६० वटा मुद्दा फर्छ्यौट गरेको जनाएको छ, जसमा देवानी र फौजदारी मुद्दाहरू छन्।
- अदालतले मेलमिलापका लागि पठाएका ८ मुद्दाहरूमध्ये ६ वटा सफल भएका छन्।
हुम्ला । जिल्ला अदालत हुम्लाले चालु आर्थिक वर्षमा ८६.९५ प्रतिशत मुद्दा फर्छ्यौट गरेको छ । जिल्ला अदाललतले सार्वजनिक गरेको विवरणमा आर्थिक वर्ष २०८१/८२ मा ६९ वटा मुद्दामध्ये ६० अर्थात् ८६.९५ प्रतिशत मुद्दा फर्छ्यौट गरिएको उल्लेख छ ।
जसमध्ये २०८१ मा विभिन्न प्रकृतिका ५० वटा मुद्दा दर्ता भएका थिए भने गत वर्षको जिम्मेवारी सरेर आएका ९ वटा मुद्दा रहेको जिल्ला अदालतका न्यायाधीश शम्भुप्रसाद दाहालले जानकारी दिए । देवानीतर्फ २५ र फौजदारीतर्फ ३५ मुद्दा फर्छ्यौट भएका हुन् ।
अदालतले मेलमिलापमा राख्न मिल्ने आठ वटा मुद्दा पठाएकोमा ६ वटा मेलमिलाप भएका छन् भने दुई वटा बाँकी रहेको जनाइएको छ । मेलमिलापबाट ७६ प्रतिशत मुद्दा सफल भएको उल्लेख छ । चार आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा सबैभन्दा बढी मुद्दा फर्छ्यौट भएको उनले बताए । आर्थिक वर्ष २०७८/७९ मा ७३.४५, आव २०७९/८० मा ५४.९४, आव २०८०/८१ मा ८२.५६ प्रतिशत मुद्दा फर्छ्यौट भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण