शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
आजकाे राशिफल

कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

शनिबार, ०३ साउन २०८२, ०४ : ५५
शनिबार, ०३ साउन २०८२

आजको पञ्चाङ्ग

वि.सं.२०८२ साल साउन ३ गते । शनिबार । ईश्वी सन् २०२५ जुलाई १९ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । वर्षा ऋतु । श्रीशाके १९४७ । श्रावण कृष्णपक्ष । तिथि–नवमी, १९ घडी ४३ पला, दिउसो १  बजेर १४ मिनेट उप्रान्त दशमी । नक्षत्र–भरुणी, ४६ घडी ४९ पला, रातको १२ बजेर ५ मिनेट उप्रान्त कृतिका । योग–शूल, ४९ घडी ३८ पला, रातको १ बजेर १२ मिनेट उप्रान्त गंड । करण–गर, दिउसो १ बजेर १४ मिनेट उप्रान्त वणिव, बेलुकी ११ बजेर ५९ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–ध्वांक्ष योग । चन्द्रराशि–मेष ।

काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर २१ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ५८ मिनेट । दिनमान ३४ घडी ३ पला ।  

आजको बार बेला ।  

बिहान ५ बजेर २१ मिनेटसम्म काल बेला ।

बिहान ५ बजेर २२ मिनेटदेखि बिहान ७ बजेर ३ मिनेटसम्म शुभ बेला ।

बिहान ७ बजेर ४ मिनेटदेखि बिहान ८ बजेर ४५ मिनेटसम्म रोग बेला ।

बिहान ८ बजेर ४६ मिनेटदेखि बिहान १० बजेर २७ मिनेटसम्म उद्धेग बेला ।

बिहान १० बजेर २८ मिनेटदेखि बिहान १२ बजेर ९ मिनेटसम्म चर बेला ।

मध्यान्ह १२ बजेर १० मिनेटदेखि दिउसो १ बजेर ५२ मिनेटसम्म लाभ बेला ।

दिउसो १ बजेर ५३ मिनेटदेखि दिउसो ३ बजेर ३४ मिनेटसम्म अमृत बेला ।

दिउसो ३  बजेर ३५ मिनेटदेखि बेलुकी ५ बजेर १६ मिनेटसम्म काल बेला ।

बेलुकी ५ बजेर १७ मिनेटदेखि बेलुकी ८ बजेर १६ मिनेटसम्म लाभ बेला ।

नोट: शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल

बिहान ८ बजेर ४५ मिनेटदेखि बिहान १० बजेर २७ मिनेटसम्म राहुकाल रहनेछ ।

नोट: राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

ब्रहा मुहूर्त

बिहान ३ बजेर ४५ मिनेटदेखि बिहान ४ बजेर ३३ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

आजको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

बन्द व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ भने आस मारेको काम बन्नाले उत्साह जाग्नेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। आफन्त तथा साथीभाइहरूको सहयोगमा विशेष योजनाहरू बन्नेछन्। छिमेकी तथा समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ । प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ । परिवारका साथ खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

दैनिक खर्च बढ्ने तथा आर्थिक व्यवस्थापन गर्न नजान्दा दिन प्रतिकुल बन्नेछ । आफन्त तथा अपरिचित व्यक्तिको विश्वास गर्नाले धोका पाइनेछ । स्वास्थ्यमा समस्या आउने तथा उपचार खर्च बढ्नेछ । तर पनि विदेशी सामानको व्यापार तथा विदेशी संस्थामा काम गर्नेहरूको लागी समय उत्तम रहेको छ । अध्ययन तथा कामको लागी छोटो दुरीको यात्रा गर्न सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

सञ्चित धन सम्पत्तिको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । प्राकृतिक स्रोत साधनको प्रयोग तथा परिचालन मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । इच्छा तथा चाहना बुझ्न सकिने हुनाले प्रेममा उमङ्ग छाउनेछ । पढाइ लेखाइमा मन जाने हुनाले चाहेको सफलता चुम्न सकिनेछ । आफन्त तथा दाजुभाइको सहयोगले सवारी साधनको खरिद गर्न सकिनेछ । यात्रा, खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।  

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

सम्मानित काम गरी सबैको मन जित्न सकिनेछ भने व्यापार व्यवसायमा प्रशस्त आम्दानी गर्न सकिनेछ । पारिवारिक माहौलमा भेला भई मिष्टान्न भोजन ग्रहण गर्न सकिनेछ भने यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । परिवारजनको सहयोगले महत्त्वपूर्ण कामहरू बन्ने हुनाले आर्थिक अवस्था सुदृढ हुनेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरूभन्दा निकै नै अगाडी बढी पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

भाग्य भावमा गोचर गर्ने चन्द्रमाको शुभ प्रभावले धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । सानो प्रयत्नले उपलब्धिमूलक कामहरू हुनेछन् । पूजा सामाग्री तथा धार्मिक सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । राज्यको नजिक भई काम गर्नेहरूले आर्थिक लाभ प्राप्त गर्ने समय रहेको छ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

सत्यता बुझेर अगाडी बढ्नुको सट्टा हल्लाको पछि लाग्दा दुःख पाइनेछ । पुरानो रोगले सताउन सक्छ ध्यान दिनुहोला । अनावश्यक यात्रा तथा खर्च बढ्ने हुनाले मन चिन्तित रहनेछ । अरूकै कामका लागी समय खर्चनु पर्ने हुँदा आफ्नो काम थाती रहनेछ । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्यम रहेको छ । प्रेममा एक अर्कालाई अविश्वास गर्नाले टाढिनु पर्ने बाध्यता आउनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) 

रमाइलो तथा पारिवारिक माहौलमा दिन बित्नेछ भने मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । व्यापारमा सानो लगानीबाट पनि मनग्गे धन आर्जन गर्न सकिनेछ । अध्ययनमा तपाईँको नाम अग्र स्थानमा आउनेछ । भौतिक साधन स्रोत तथा उपकरण जुट्नाले दैनिक काम गर्न सहज हुनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ । यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

कुनै पनि विवाद तथा प्रतिस्पर्धामा अरूभन्दा एक कदम अगाडी बढ्न सकिनेछ । शत्रु परास्त हुने तथा पुरानो रोगबाट उन्मुक्ति पाइनेछ । नियम सङ्गत गरेका काममा हुने फैसला तपाईँकै पक्षमा हुनेछन् । प्रेममा सामिप्यता बढ्ने तथा भेटघाटमा समय व्यातित हुनेछ ।  खर्च बढे पनि उपलब्धि मूलक कामहरू हुनेछन् । यात्रा, खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

आकस्मिक धन, सम्पत्ति लाभ हुने तथा चिट्ठा, उपहार प्राप्तिको योग रहेको छ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नी बिचको मायाको गाँठो कसिलो भएर जानेछ । सन्तान तथा छोराछोरीले तपाईँको काममा भरपुर सहयोग तथा समर्थन गर्नेछन् भने सन्तानको प्रगतिमा मन रमाउनेछ । विद्यामा उत्कृष्ट नतिजा हात लाग्ने तथा पुरस्कार तपाईँकै पोल्टोमा पर्नेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

समय राम्रो रहेकोले रमाइलो यात्राको तय हुनेछ । व्यापारबाट राम्रै आम्दानी गर्न सकिनेछ । माया प्रेममा नजिक हुन सकिने तथा मिठो मसिनो भोजन ग्रहण गर्दै समय व्यातित गर्न सकिनेछ । धर्म कर्ममा मन जाने तथा धार्मिक क्षेत्रको भ्रमण हुनेछ । आर्थिक क्षेत्रमा आज गरिने लगानीबाट मनग्गे आम्दानी गर्न सकिनेछ । आफन्तसँग भरसक नजिक नहुनु नै राम्रो रहेको छ । राजनीति तथा सामाजिक क्षेत्रमा काम गर्नेहरूका लागी समय उत्तम रहनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

नयाँ काम गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । साथीभाइको सहयोगले राम्रै सहयोग जुटाउन सकिनेछ । विशेष गरी नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ। परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन्। विवाद तथा प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । परिवारजनका आकांक्षा तथा इच्छाहरू पुरा गर्न सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

खाद्यान्न तथा होटल रेस्टुरेन्टको लगानीबाट मनग्गे आम्दानी हुनेछ । निर्माण सामाग्री, गरगहना तथा औषधीजन्य सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ भने रमाइलो स्थानको यात्रा गर्ने अवसर जुर्नेछ । मनोरञ्जन तथा पारिवारिक यात्रामा समय खर्च हुनेछ । अध्ययनमा मन जाने तथा अध्ययनकै सवालमा लामो दुरीको यात्राको योग रहेको छ ।

तपाईँको दिन शुभ रहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा प्रसाद भण्डारी
दुर्गा प्रसाद भण्डारी
लेखकबाट थप