२९ व्यक्ति तथा संस्थालाई कर्पोरेट बिजनेस अवार्ड प्रदान
काठमाडौं । नेपालको निजी क्षेत्र, बैंकिङ, बीमा, उद्योग, स्वास्थ्य, ऊर्जा तथा उद्यमशीलता क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्ति तथा संस्थाहरूलाई सम्मान गर्ने उद्देश्यले आयोजित १८औं संस्करणको ‘कर्पोरेट बिजनेस समिट एण्ड अवार्ड, २०२६’ सम्पन्न भएको छ ।
कर्पोरेट मिडिया ग्रुपले बिहीबार काठमाडौंको होटेल र्याडिसनमा विशेष समारोह आयोजना गरी सो कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा विभिन्न क्षेत्रमार्फत नेपालको अर्थतन्त्रमा योगदान पुर्याएका २९ व्यक्ति तथा संस्थाहरूलाई अवार्ड तथा सम्मान प्रदान गरिएको छ ।
‘कर्पोरेट एक्सिलेन्स’, ‘बैंकिङ, इन्स्योरेन्स एण्ड फाइनान्स’, ‘कर्पोरेट इन्डष्ट्री लिडरसिप’, ‘कर्पोरेट बिजनेश लिडरसिप’ र ‘लाइफटाइम एचिभमेन्ट’ सहित पाँचवटा विधामा कूल २९ वटा अवार्ड प्रदान गरिएको कर्पोरेट मिडिया ग्रुपका अध्यक्ष उज्वल जंग पराक्रम शाहले जानकारी दिए ।
उनका अनुसार नेपाल चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष समेत रहेका वरिष्ठ व्यवसायी सुरेन्द्र वीर मालाकारलाई यो वर्षको ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ । राष्ट्र निर्माण र व्यावसायिक नेतृत्वको उच्च मूल्याङ्कन गर्दै नेपाल सरकारले समेत प्रबल गोर्खा दक्षिण बाहु, सुप्रबल जनसेवा श्री र सुकृतिमय राष्ट्रदीप जस्ता प्रतिष्ठित राष्ट्रिय सम्मानबाट विभूषित गरिसकेको व्यक्तित्वलाई सो अवार्ड प्रदान गरिएको हो ।
यस्तै, कर्पोरेट बिजनेश लिडरसिप अवार्डबाट उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष वीरेन्द्र राज पाण्डे, नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का उपाध्यक्ष दिल सुन्दर श्रेष्ठ (जिल्ला/नगर), एफएनसीसीआई कै उपाध्यक्ष (वस्तुगत) नरेश लाल श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्स (एनसीसी) का उपाध्यक्ष दीपक श्रेष्ठ र एफएनसीसीआईका कार्यकारिणी सदस्य समेत रहेका रेष्टुरेन्ट एण्ड बार एसोसिएशन (रेबान) का अध्यक्ष सङ्घर्ष विष्टलाई सम्मान गरिएको छ ।
यसैगरी ‘कर्पोरेट इन्डष्ट्री लिडरसिप अवार्डबाट पाँच जना उद्योगी–व्यवसायीलाई सम्मानित गरिएको छ । जस अनुसार नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालका अध्यक्ष सुरेन्द्र कुमार उप्रेतीलाई ‘अटोमोटिभ लिडरसिप अवार्ड’ र स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का निवर्तमान अध्यक्ष गणेश कार्कीलाई ‘ग्रिन इनर्जी लिडरसिप अवार्ड’ प्रदान गरिएको छ ।
नेपाल चेम्बर अफ कमर्सका लुम्बिनी प्रदेश अध्यक्ष टङ्क प्रसाद पोखरेल, एफएनसीसीआईका केन्द्रीय कार्यकारिणी सदस्य रघुनन्दन मारु र कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउतलाई ‘कर्पोरेट इन्डष्ट्री लिडरसिप अवार्ड’ प्रदान गरिएको कर्पोरेट मिडिया ग्रुपका अध्यक्ष शाहले जानकारी दिए ।
यस्तै, ‘बैंकिङ, इन्स्योरेन्स एण्ड फाइनान्स अवार्ड’ बाट ६ वटा संस्थालाई अवार्डद्वारा सम्मान गरिएको छ । अध्यक्ष शाहका अनुसार नबिल बैंकलाई ‘कर्पोरेट बैंक अफ दि इयर’, गरिमा विकास बैंकलाई ‘कर्पोरेट डेभलपमेन्ट बैंक अफ दि इयर’, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडलाई ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ दि इयर’ अवार्ड प्रदान गरिएको छ । यसैगरी, शिखर इन्स्योरेस कम्पनी लिमिटेडलाई ‘कर्पोरेट नन–लाइफ इन्स्योरेन्स अफ दि इयर’, नबिल इनभेष्टमेन्ट बैंकिङ लिमिटेडलाई ‘कर्पोरेट मर्चेन्ट बैंक अफ दि इयर’ र आईसीएफसी फाइनान्स लिमिटेडलाई ‘कर्पोरेट फाइनान्स अफ दि इयर’ अवार्ड प्रदान गरिएको छ ।
‘कर्पोरेट एक्सिलेन्स अवार्ड, २०२६’ बाट १२ वटा अवार्ड प्रदान गरिएको छ । जस अनुसार हिट्को प्रालिका कार्यकारी निर्देशक प्रदीप मान प्रधानलाई ‘अटोमोटिभ कम्पोनेन्टस्’ र एमएडब्ल्यू वृद्धि कमर्सियललाई ‘कर्पोरेट कमर्सियल भेहिकल’ अवार्ड प्रदान गरिएको छ । जेरोना वेलनेस प्रालिका अध्यक्ष दुर्गाराज श्रेष्ठलाई ‘कर्पोरेट फेसन एण्ड ब्युटी प्रडक्ट’, र भिभो नेपाल (मेगा विज्डम लिमिटेड) लाई ‘कर्पोरेट आउटस्ट्याण्डिङ स्मार्टफोन’ अवार्ड प्रदान गरिएको छ ।
त्यस्तै, हाई हिमालय हाइड्रो कन्स्ट्रक्सनकी निर्देशक अभिज्ञा मल्ललाई ‘कर्पोरेट वमन अन्टरप्रेनर’ र रिगल फिटनेसका संस्थापक निर्देशक रोजल शाहीलाई ‘कर्पोरेट युथ अन्टरप्रेनर’ आवार्ड प्रदान गरिएको छ भने ह्याम्स अस्पताललाई ‘कर्पोरेट हेल्थ इन्स्टिच्युशन’ अवार्ड प्रदान गरिएको छ ।
यसैगरी, सिन्धु पोल्ट्री प्रालिका प्रबन्ध निर्देशक कृष्णहरि अर्याललाई ‘कर्पोरेट एग्रो अन्टरप्रेनरसिप एक्सिलेन्स’ र सोफा हब नेपालका प्रबन्ध निर्देशक तारा लाल धरेललाई ‘कर्पोरेट फर्निचर इन्डष्ट्री एक्सिलेन्स’ अवार्ड प्रदान गरिएको छ । होलिडे ट्रिप नेपाल एण्ड टुर्स प्रालिका प्रबन्ध निर्देशक रोहित कार्कीलाई ‘कर्पोरेट युथ आइकन इन हस्पिटालिटी एण्ड टुरिजम’ अवार्ड प्रदान गरिएको छ ।
यस्तै, चर्चित फोटोग्राफर प्रदीप राज वन्तलाई ‘फोटो जर्नालिज्म एक्सिलेन्स अवार्ड’ र श्री माता पाथिभरा डेरी इन्डष्ट्री प्रालिका प्रबन्ध निर्देशक गंगाबहादुर खड्कालाई ‘डेरी इन्डष्ट्री एक्सिलेन्स’ अवार्ड प्रदान गरिएको कर्पोरेट मिडिया ग्रुपले जानकारी दिएको छ ।
यसैगरी कर्पोरेट मिडिया ग्रुपका व्यावसायिक गतिविधि र सञ्चार अभियानहरूमा निरन्तर सहयोग, सहकार्य र अभिभावकीय सद्भावप्रति कृतज्ञता ज्ञापन गर्दै कर्पोरेट बिजनेश अवार्डकी ‘जुरी हेड’ समेत रहेही एफएनसीसीआईकी पूर्व अध्यक्ष भवानी राणा, ईश्वर लाल प्रतिष्ठानका अध्यक्ष प्रदीप लाल श्रेष्ठ र नेपाल चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष राजेशकाजी श्रेष्ठलाई कदरपत्र प्रदान गरियो ।
कार्यक्रममा निर्णायक मण्डलकी प्रमुख भवानी राणा, कर्पोरेट मिडियाका अध्यक्ष उज्वल जंग शाह, साल्ट ट्रेडिङ कर्पोरेशनका अध्यक्ष तथा इश्वर लाल प्रतिष्ठानका अध्यक्ष प्रदीप लाल श्रेष्ठ, सीएनआईका अध्यक्ष वीरेन्द्र राज पाण्डे, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाललगायतले मन्तव्य व्यक्त गरेका थिए । प्रमुख अतिथि, विशेष अतिथि, निर्णायक मण्डल सदस्य तथा प्रायोजकहरू सिटिजन्स बैंक इन्टरनेशनल, नेपाल टेलिकम, श्रीनाथ टेलर्स, श्रेष्ठ ट्रेडिङ कन्सर्न र मैनाली इन्डष्ट्रीज प्रालिलाई मायाको चिनो (टोकन अफ लभ) प्रदान गरिएको थियो ।
कार्यक्रममा अवार्ड वितरणसँगै देशको वर्तमान आर्थिक अवस्था, लगानीको वातावरण, निजी क्षेत्रले भोगिरहेका चुनौती तथा आर्थिक पुनरुत्थानका सम्भावनाबारे पनि छलफल गरिएको थियो । यस्तै, अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्रको भूमिका, लगानी विस्तार, रोजगारी सिर्जना तथा आर्थिक सुधारका विषयमा समेत छलफल गरिएको थियो ।
कार्यक्रममा प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकाल, सङ्घीय सांसद, अर्थशास्त्री, उद्योगी–व्यवसायी तथा विभिन्न क्षेत्रका सरोकारवालाको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्विट्जरल्याण्ड र बोस्नियाबिच कडा प्रतिस्पर्धा, पहिलो हाफमा भएन गोल
-
नेपालगन्जबाट दुई चिकित्सकसहित पाँच पक्राउ
-
हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण
-
खामेनीद्वारा सम्झौता स्वीकृतः ‘फरक मत भए पनि राष्ट्रपतिको आश्वासनपछि अनुमति दिएँ’
-
अघिल्लो चरण प्रवेशका लागि स्विट्जरल्याण्ड र बोस्निया भिड्दै, दुवैलाई जितको खोजी
-
१२ बजे १२ समाचार: प्रतिनिधि सभाबाट विनियोजन विधेयक पारित, फेरिँदै विद्यालय पाठ्यक्रम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण