शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय

तारा लाल धरेललाई ‘कर्पोरेट फर्निचर इन्डष्ट्री एक्सिलेन्स’ अवार्ड

बिहीबार, ०४ असार २०८३, २३ : ०३
बिहीबार, ०४ असार २०८३

काठमाडौं । सोफा हब नेपालका प्रबन्ध निर्देशक तारा लाल धरेल ‘कर्पोरेट फर्निचर इन्डष्ट्री एक्सिलेन्स’ अवार्डबाट सम्मानित भएका छन्।

कर्पोरेट मिडिया ग्रुपद्वारा बिहीबार आयोजित १८औँ ‘कर्पोरेट बिजनेस समिट एण्ड अवार्ड २०२६’ समारोहमा धरेललाई नेपालको फर्निचर उद्योगको विकास र व्यवसायिक योगदानको कदर गर्दै उक्त अवार्ड प्रदान गरिएको हो।

काठमाडौंस्थित होटल र्‍याडिसनमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका उद्योगी, व्यवसायी तथा सरोकारवालाको सहभागिता रहेको थियो। अवार्डले फर्निचर उद्योगमा धरेलको नेतृत्व, नवप्रवर्तन र योगदानलाई सम्मान गरेको आयोजकले जनाएको छ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप