वर्षा
झापाकाे बाहुनडाँगी क्षेत्रमा भारी वर्षा, थप वर्षाको सम्भावना
सतर्कता अपनाउन आग्रह
शनिबार, ०३ साउन २०८२, ०५ : ३२
सारांश
- झापा जिल्लामा भारी वर्षा भएको छ, र जल तथा मौसम विज्ञान विभागले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।
- बाहुनडाँगी वर्षा मापन केन्द्र र आसपासका क्षेत्रमा वर्षा मापन गरिएको छ, जसले गर्दा खोलाहरूमा पानीको बहाव बढ्ने सम्भावना छ।
- विभागले थप वर्षाको पूर्वानुमान गर्दै जोखिम क्षेत्रका बासिन्दाहरूलाई सतर्कता अपनाउन अनुरोध गरेको छ।
काठमाडौँ । झापा जिल्लामा भारी वर्षा भएको र थप वर्षा हुने पूर्वानुमानसहित जल तथा मौसम विज्ञान विभागले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।
विभागले शनिबार बिहान ४ः४० बजे जारी सूचना अनुसार पछिल्लो तीन घण्टामा झापाको बाहुनडाँगी वर्षामापन केन्द्र तथा वरपरका क्षेत्रमा उल्लेख्य मात्रामा वर्षा मापन गरिएको छ। सो क्षेत्र हुँदै बग्ने निन्दा खोला, मेची नदी तथा साना खोलाहरूमा पानीको बहाव बढ्ने सम्भावना रहेकाले डुबान सम्भावित होचा भू–भागमा सतर्कता अपनाउन विभागले आग्रह गरेको हो।
विभागले बिहानसम्म थप वर्षा हुन सक्ने उल्लेख गर्दै जोखिम क्षेत्रका बासिन्दाहरूलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा सुधारको प्रयास भएको छ : घिमिरे
-
गोविन्द केसी फेरि किन बसे अनसनमा ?
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण