देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा वर्षाको सम्भावना
सारांश
- देशभर मनसुनी वायुको प्रभाव रहेको छ र न्यून चापीय रेखा सरदर स्थानको आसपासमा छ।
- शनिबार कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा वर्षाको सम्भावना छ।
- वर्षाका कारण बाढी, पहिरो र डुबानको जोखिम रहेकोले सतर्कता अपनाउन अनुरोध छ।
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहि बाँकी भू-भागहरूमा आंशिक बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
शनिबार देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।
सम्भावित वर्षाको कारणले भू-क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकोले सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठुला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा महाशाखाको अनुरोध छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
-
१ दशमलव ५ गुणाले बढ्यो इरानको तेल आम्दानी
-
प्रधानमन्त्री समक्ष व्यवसायीको गुनासो : ‘कच्चा पदार्थ बाहिरिँदा स्वदेशी प्लाइउड उद्योग संकटमा’
-
प्रहरीले तयार पार्यो अपराध गर्न सक्ने १८ सय ७१ जनाको क्रिमिनल प्रोफाइल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण