साफ यू–२० महिला च्याम्पियनसिप : भुटानसँग भिड्दै नेपाल
सारांश
- साफ यू-२० महिला च्याम्पियनसिपमा नेपालले शनिबार भुटानसँग प्रतिस्पर्धा गर्दैछ।
- यसअघि नेपालले भुटानलाई ६-१ गोलले हराएको थियो, जसमा पूर्णिमा राईले ४ गोल गरेकी थिइन्।
- नेपाल ४ खेलबाट ९ अङ्कसहित दोस्रो स्थानमा छ, बंगलादेश १२ अङ्कसहित पहिलो स्थानमा छ।
काठमाडौँ । बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिपमा नेपालले शनिबार भुटानको सामना गर्दैछ । खेल ढाकास्थित बसुन्धरा स्पोर्टस् ग्राउन्डमा नेपाली समयअनुसार २:४५ बजे सुरु हुनेछ ।
प्रतियोगितामा दुई टोली दोस्रोपटक आमनेसामने हुन लागेका हुन् । यसअघि नेपालले पहिलो खेलमा भुटानलाई ६-१ गोलअन्तरले हराएको थियो । सो खेलमा पूर्णिमा राईले ४ गोल तथा सेनु परियारले २ गोल गरेकी थिइन् ।
यसपटक प्रतियोगिता ४ सहभागी राष्ट्रबिच डबल राउन्ड रोबिन आधारमा खेलाइँदैछ । सबै खेल सकिएपछि शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्ने छ ।

नेपाल ४ खेलबाट ९ अङ्कसहित दोस्रो स्थानमा रहेको छ । आयोजक बंगलादेश ४ खेलबाट १२ अङ्क बटुल्दै पहिलो स्थानमा छ । भुटानले ४ खेलबाट ३ अङ्क बटुलेर तेस्रो स्थानमा छ भने अङ्कविहीन रहेको श्रीलङ्का पुछारमा रहेको छ ।
पछिल्लो खेलमा नेपालले श्रीलङ्काविरुद्ध शानदार जित हात पारेको थियो । बिहीबार सम्पन्न खेलमा नेपालले ७–० विजयी बन्यो । नेपाल र श्रीलङ्का प्रतियोगितामा दोस्रोपटक आमनेसामने भएका थिए । यसअघि गत मंगलबार भएको खेलमा नेपाल समान ७–० को विशाल अन्तरले विजयी भएको थियो ।
नेपाल आफ्नो दोस्रो खेलमा बंगलादेशसँग प्रतिस्पर्धात्मक खेलमा २–३ गोलले स्तब्ध बन्न पुगेको थियो । आजै दोस्रो खेलमा बंगलादेश र श्रीलङ्का भिड्ने छन् ।
बंगलादेश शीर्ष स्थानमा रहे पनि नेपालको गोलअन्तर बंगलादेशभन्दा राम्रो रहेको छ । अब सोमबार हुने दुई टोलीबिचको खेल निर्णायक हुने देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण