जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ
शनिबार, ०३ साउन २०८२, १८ : ४१
काठमाडौँ । जबरजस्ती करणीको आरोपमा पाल्पा र झापाबाट दुई जना पक्राउ परेका छन्।
पाल्पा जिल्लाको रामपुर नगरपालिका–७ का ५२ वर्षीय खुम बहादुर क्षेत्रीलाई २३ वर्षीया युवतीमाथि जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो। पीडित युवतीको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको टोलीले उनलाई शुक्रबार राति नियन्त्रणमा लिएको जनाएको छ।
त्यस्तै, झापाको दमक नगरपालिका–३ स्थित एक छाप्रामा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङ मिक्लाजुङ गाउँपालिका–९ वानडाँडा बस्ती बस्ने २४ वर्षीय पदम दर्जीलाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले उनलाई दमक नगरपालिका–५ बाट शुक्रबार साँझ नियन्त्रणमा लिएको हो।
प्रहरीले दुवै घटनामा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण