शिक्षकको रहस्यमय मृत्यु भएपछि तीन जना पक्राउ
आइतबार, ०४ साउन २०८२, १३ : २९
सारांश
- कैलालीमा एक शिक्षकको शङ्कास्पद मृत्यु भएपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
- मृत्युको कारणबारे अनुसन्धान गर्न प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ।
- प्रहरीले मृतक शिक्षकको पेय पदार्थमा विष मिसाइएको आशंका गरेको छ।
धनगढी । कैलालीमा एक शिक्षकको रहस्यमय मृत्यु भएपछि तीन जनालाई पक्राउ गरिएको छ। जानकी गाउँपालिका–४ को जनता नमुना माध्यमिक विद्यालयमा कार्यरत ४५ वर्षीय शिक्षक जगदीश पन्तको शङ्कास्पद मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि अनुसन्धानका लागि तीन जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। पक्राउ परेका व्यक्तिको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । पेय पदार्थमा विषादी मिसाएको र सो पेय पदार्थ पन्तले सेवन गर्दा उनको मृत्यु भएको आशङ्का गरिएको छ।
घटनाबारे बुझ्न तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायव उपरीक्षक नवीनराजा बुढाथोकीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण