धनुषामा करेन्ट लागेर एक महिलाको मृत्यु
आइतबार, ०४ साउन २०८२, १४ : २२
सारांश
- धनुषामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।
- मिथिला बिहारी नगरपालिका-६ मा २८ वर्षीया रंजितादेवी यादवको करेन्ट लागेर मृत्यु भयो।
- विद्युतीय मोटर चलाउँदा करेन्ट लागेर घाइते भएकी उनको अस्पतालमा उपचारको क्रममा मृत्यु भयो।
धनुषा । धनुषामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको मिथिला बिहारी नगरपालिका–६ सिर्सिया बस्ने २८ वर्षीया रंजितादेवी यादवको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको हो ।
कलमा जडित विद्युतीय मोटर चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्ड फ्लु संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा
-
मदन भण्डारी कप यु–१९ विद्यालयस्तरीय बागमती प्रदेश छात्रा भलिबल भोलिदेखि सुरु हुने
-
ए स्टार नेपाल बास्केटबल लिग २०२६ को सेमिफाइनल समीकरण पूरा
-
एकअर्कालाई 'धन्यवाद' र 'सरी' भन्दै सकियो रास्वपाको बैठक
-
विज्ञापन प्रतिबन्धले निजी मिडिया संकटमा, नीति पुनर्विचार गर्न सरकारसँग आग्रह
-
उदयपुर बस दुर्घटना : घाइते ३० मध्ये २३ जना डिस्चार्ज, ७ जनाको उपचार हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण