आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

सफ्ट्वेरिका कलेजद्वारा सूचना प्रविधि प्रदर्शनी आयोजना

आइतबार, ०४ साउन २०८२, १५ : ४२
आइतबार, ०४ साउन २०८२

काठमाडौँ । सफ्ट्वेरिका कलेज अफ आईटी एन्ड इकमर्सले आयोजना गरेको सूचना प्रविधि प्रदर्शनी सम्पन्न भएको छ ।

‘लिऊँ अवसर बढाऊँ क्षमता ’ भन्ने नाराका साथ सञ्चालन गरिएको सो प्रदर्शनीमा विद्यार्थीहरूले विकास गरेका सफ्टवेयर, एआई आधारित उपकरण, साइबर सुरक्षा सम्बन्धी प्रणाली लगायतका सिर्जनात्मक आविष्कारहरू प्रस्तुत गरिएको थियो ।

सप्ताहव्यापी प्रदर्शनीको दौरानमा विद्यार्थी, अभिभावक, शिक्षक तथा सूचना प्रविधिमा रुचि राख्ने विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेख्य उपस्थिति रहेको थियो । प्रदर्शनीमा कलेजका विद्यार्थीहरूले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा आधारित सीसी क्यामेरा, ह्याकिङबाट बच्ने सुरक्षात्मक प्रणाली, आपत्कालिन अवस्थाका लागि प्रयोग गर्न सकिने ड्रोन, शैक्षिक व्यवस्थापन प्रणाली जस्ता व्यावहारिक र नवीनतम प्रविधिको सफल प्रदर्शन गरेका थिए ।

विद्यार्थीहरूले निर्माण गरेको ‘एआई सीसी क्यामेरा ‘सिस्टम’प्रति अभिभावकहरू एवं अवलोकनकर्ताहरूको गहिरो चासो देखिएको कलेका अध्यक्ष विज्ञान श्रेष्ठले जानकारी दिए । अध्यक्ष श्रेष्ठका अनुसार सुरक्षाका दृष्टिले उक्त सिस्टमले औद्योगिक तथा व्यावसायिक क्षेत्रमा उच्च सम्भावना बोकेको छ । 

अवलोकनकर्ताहरूले विद्यार्थीहरूमा रहेको परिवर्तनशील सोच र प्राविधिक कौशल अब्बल रहेको बताएका थिए । कार्यक्रममा सहभागी अभिभावकहरूले कलेजले विद्यार्थीको सिर्जनात्मक पक्षलाई अघि ल्याउने प्रयासको प्रशंसा गर्दै यस्ता प्रदर्शनीले विद्यार्थीलाई आत्मविश्वासी र व्यावसायिक रूपमा सक्षम बनाउने विश्वास व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप