उडिरहेको विमानको ढोका यात्रीले जर्बजस्ती खोल्न खोजेपछि...
वासिङटन डीसी । उडिरहेको एउटा विमानमा एक यात्रुले अचानक आपतकालीन ढोका खोल्ने प्रयास गरेपछि अमेरिकामा विमानको आपतकालीन अवतरण गरिएको छ ।
ती यात्रीले यस क्रममा उडान परिचारिकालाई धकेल्नुको साथै मार्ने धम्की समेत दिए । मामिला यति गम्भीर बन्यो कि पाइलटले विमान आपतकालीन अवतरण नै गर्नुपर्यो । भाग्यवश, यस क्रममा कोही पनि घाइते भएनन् । यस घटनाको भिडियो अहिले सामाजिक सञ्जालमा व्यापक भाइरल भइरहेको छ ।
ओमाहाबाट डेट्रोइट जाँदै थियो विमान
न्युयोर्क टाइम्समा छापिएको समाचारका अनुसार यो घटना ओमाहाबाट अमेरिकाको डेट्रोइट जाँदै गरेको डेल्टा कनेक्सन उडान ३६१२ मा भएको हो । विमान स्काईवेस्ट एयरलाइन्सको थियो । घटना स्थानीय समयअनुसार बिहीबार साँझ ७ बजेको थियो । विमानभित्र सवार एक यात्रुले अचानक विमानको आपतकालीन ढोका खोल्ने प्रयास गर्न थाले । यो देखेर एक उडान परिचारिकाले उनलाई रोक्न खोजिन् । तर उनले उल्टै ती परिचारिकालाई धकेले र मार्ने धम्की दिए ।
यस समयमा सो विमानभित्र ६७ जना यात्रु र ४ चालक दलका सदस्य थिए । यो घटनाबारे थाहा हुने बित्तिकै पाइलटलले विमानलाई तुरुन्तै आयोवाको सिडर र्यापिड्समा आपतकालीन अवतरण गर्न अनुमति मागे ।
‘यात्री हाल हाम्रो उडान परिचारिकासँग झगडा गरिरहेका छन् । यद्यपि, ती व्यक्तिले ढोका खोल्न सकेनन् र कसैलाई पनि चोटपटक लागेन ।’ पाइलटले एयर ट्राफिक कन्ट्रोललाई भनेका थिए । यो हंगामा गर्ने यात्री नेब्रास्काको एल्खोर्नका २३ वर्षीय मारियो निकप्रेलज थिए । विमानको सुरक्षित अवतरण पछि प्रहरीले उनलाई पक्राउ गरेको छ ।
सामाजिक सञ्जालमा यस घटनाको एउटा भिडियो भाइरल भइरहेको छ । यसमा प्रहरीले युवकलाई विमानबाट बाहिर निकालिरहेको देख्न सकिन्छ । उनका दुवै हात पछाडि बाँधिएका छन र उनी प्रतिरोध नगरी बाहिर निस्किएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाधिवेशनमा स्वच्छ प्रतिस्पर्धा गर्न सभापति लामिछानेको आग्रह
-
बेलायतमा पूर्व गोर्खामाथि जातीय घृणाप्रेरित आक्रमण: आरोपी पक्राउ, नेपाली समुदायमा आक्रोश
-
बर्ड फ्लु संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा
-
मदन भण्डारी कप यु–१९ विद्यालयस्तरीय बागमती प्रदेश छात्रा भलिबल भोलिदेखि सुरु हुने
-
ए स्टार नेपाल बास्केटबल लिग २०२६ को सेमिफाइनल समीकरण पूरा
-
एकअर्कालाई 'धन्यवाद' र 'सरी' भन्दै सकियो रास्वपाको बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण