‘गर या मर’ को खेलमा बंगलादेशसँग भिड्दै नेपाल
सारांश
- साफ यू-२० महिला च्याम्पियनसिपमा नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ, विजेताको टुंगो लाग्नेछ।
- नेपाल दोस्रो स्थानमा छ, बंगलादेश शीर्ष स्थानमा छ, र उपाधि जित्नका लागि नेपाललाई जित आवश्यक छ।
- नेपालका लागि पूर्णिमा राईले सर्वाधिक १० गोल गरेकी छिन्, र उनी प्रतियोगिताको सर्वाधिक गोलकर्ता हुन्।
काठमाडौँ । बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिपमा नेपालले ‘गर या मर’ को खेलमा सोमबार आयोजक राष्ट्रको समाना गर्दैछ । यो खेलले प्रतियोगिताको विजेता को हुने भनेर फैसला गर्नेछ ।
ढाकास्थित बसुन्धरा स्पोर्टस् ग्राउन्डमा खेल साँज ६:४५ बजेदेखि सुरु हुनेछ । आज नै भुटान र श्रीलङ्का पनि आमनेसामने हुनेछन् । दुई टोलीबिचको खेल २:४५ बजे खेलिनेछ ।
यसपटक प्रतियोगिता ४ सहभागी राष्ट्रबिच डबल राउन्ड रोबिन आधारमा खेलाइएको हो । सबै खेल सकिएपछि शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्ने छ ।

नेपाल ५ खेलबाट १२ अङ्कसहित तालिकामा दोस्रो स्थानमा रहेको छ । आयोजक बंगलादेश ५ खेलबाट १५ अङ्क बटुल्दै शीर्ष स्थानमा छ । भुटान ३ अङ्कसहित तेस्रो र अङ्कविहीन श्रीलङ्का पुछारमा रहेको छ ।
गोल अन्तरमा आधारमा भने नेपाल बंगलादेशभन्दा अगाडि छ। ५ खेलमा ३० गोल गर्दै ४ गोल खाएको नेपालको गोलअन्तर +२६ रहेको छ । उता, बंगलादेशको गोलअन्तर +२० रहेको छ । त्यसैले, उपाधि जित्नका लागि नेपाललाई आजको खेलमा जीत हात पार्न आवश्यक छ ।

नेपाल प्रतियोगितामा बंगलादेशसँग दोस्रोपटक आमनेसामने हुन लागेको हो । नेपाल आफ्नो दोस्रो खेलमा बंगलादेशसँग प्रतिस्पर्धात्मक खेलमा २–३ गोलले स्तब्ध बन्न पुगेको थियो ।
पछिल्लो खेलमा भने नेपालले भुटानमाथि गोल वर्षा गरेको थियो । नेपालले ८-० गोलले जित हात पारेको थियो । यसअघि नेपालले पहिलो खेलमा भुटानलाई ६-१ गोलअन्तरले हराएको थियो ।
नेपालले श्रीलङ्काविरुद्ध पनि शानदार जित हात पारेको थियो । बिहीबार सम्पन्न खेलमा नेपाल ७–० ले विजयी बन्यो । गत मंगलबार भएको खेलमा नेपाल समान ७–० को विशाल अन्तरले विजयी भएको थियो ।

- पूर्णिमा सर्वाधिक गोलकर्ता
नेपालका लागि पूर्णिमा राईले सर्वाधिक १० गोल गरेकी छन् । उनी प्रतियोगिताको पनि सर्वाधिक गोलकर्ता हुन् । त्यस्तै मिना देउवा यो सूचीमा दोस्रो स्थानमा छिन् । उनले ७ गोल गर्न सफल भएकी छन् ।
कुसुम खतिवडा र समीक्षा मगरले ३-३ गोल गरेका छन् । यसैगरी सेनु परियार र सरिता कुमारीले २-२ गोल तथा अनिषा राई र बिर्सना चौधरीले १-१ गोल गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण