बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

हेटौँडा सिमेन्ट उद्योगमा सञ्चालक सदस्यका लागि आवेदन खुल्यो

सोमबार, ०५ साउन २०८२, ११ : ५०
सोमबार, ०५ साउन २०८२

सारांश

  • उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले हेटौँडा सिमेन्ट उद्योगमा दुई सञ्चालक सदस्य पदका लागि दरखास्त आह्वान गरेको छ।
  • खुला प्रतिस्पर्धाबाट पदपूर्ति गरिने र इच्छुक नेपाली नागरिकले ७ दिनभित्र आवेदन दिनुपर्नेछ।
  • आवेदनका लागि स्नातक र पाँच वर्षको अनुभव तथा ३० देखि ६५ वर्ष उमेर समूहका व्यक्तिले आवेदन दिन सक्नेछन्।

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले हेटौँडा सिमेन्ट उद्योग लिमिटेडमा रिक्त रहेको दुई सञ्चालक सदस्य पदका लागि दरखास्त आह्वान गरेको छ। मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै सञ्चालक सदस्य खुला प्रतिस्पर्धाबाट पदपूर्ति गरिने जनाएको छ।

इच्छुक र योग्य नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र अर्थात् साउन १० गते कार्यालय समयभित्र सिंहदरबारस्थित मन्त्रालयको सरकारी उद्योग तथा संस्थान शाखामा आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ।

आवेदन दिनका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको कार्य अनुभव भएको हुनुपर्नेछ। साथै, आवेदकको उमेर दरखास्त दिने अन्तिम मितिसम्म ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ।

12

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप