दीपकराज विश्वकर्माकाे गीत ‘चोर्यो मायाले’ सार्वजनिक
सोमबार, ०५ साउन २०८२, ११ : ५६
सारांश
- गायिका शान्तिश्री परियार र गायक नारायण गजमेरको स्वर रहेको गीत 'चोर्यो मायाले' सार्वजनिक भएको छ।
- गीतमा माया, प्रेम र धोकाका शब्दहरू समावेश छन्, जसलाई दीपकराज विश्वकर्माले लेखेका हुन्।
- गीतको म्युजिक भिडियोको निर्देशन गीतकार विश्वकर्माले नै गरेका हुन्, जसमा बिजु पार्की र आश्मा विश्वकर्माको अभिनय रहेको छ।
काठमाडौँ । गायिका शान्तिश्री परियार र गायक नारायण गजमेरको स्वर रहेको गीत ‘चोर्यो मायाले’ सार्वजनिक भएको छ । दीपकराज विश्वकर्माको शब्द तथा सङ्गीत रहेको गीत रोमान्टिक डान्सिङ शैलीमा तयार छ ।
गीतमा माया, प्रेम र धोकाका शब्दले भरिएका छन् । गीतको म्युजिक भिडियो पनि गीतकार विश्वकर्माले नै निर्देशन गरेका हुन् । भिडियोमा विश्वकर्मा र आश्मा विश्वकर्मा, बिजु पार्कीको अभिनय छ ।
म्युजिक भिडियोलाई दिनसन शाहले सम्पादन गरेका हुन् । गीत गायक गजमेरको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । विश्वकर्माका यसअघि ‘बग्यो गण्डकी’, ‘कसले बनायो पैसा भन्ने चिज’, ‘चाहिँदैन तिमी विनाको सुनैको दरबार’ लगायत बजारमा चर्चित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
-
१ दशमलव ५ गुणाले बढ्यो इरानको तेल आम्दानी
-
प्रधानमन्त्री समक्ष व्यवसायीको गुनासो : ‘कच्चा पदार्थ बाहिरिँदा स्वदेशी प्लाइउड उद्योग संकटमा’
-
प्रहरीले तयार पार्यो अपराध गर्न सक्ने १८ सय ७१ जनाको क्रिमिनल प्रोफाइल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण