स्वास्थ्य
कोरोना सङ्क्रमणबाट पोखरामा एक जनाको मृत्यु
सोमबार, ०५ साउन २०८२, १३ : ००
सारांश
- पोखरामा कोरोना संक्रमणबाट एक ७४ वर्षीया महिलाको मृत्यु भएको पुष्टि भएको छ।
- महिला चरक अस्पतालमा उपचाररत थिइन्, उनलाई उच्च रक्तचाप र मधुमेह पनि थियो।
- गण्डकी प्रदेशमा हाल कोरोना संक्रमणको दर बढ्न थालेको छ, जसमा ८ जना संक्रमित उपचाररत छन्।
पोखरा । पोखरामा कोरोना सङ्क्रमणबाट एक महिलाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक खीमबहादुर खड्काले यसको पुष्टि गरेका हुन् । ‘७४ वर्षको महिला उपचारका लागि आउनुभएको रहेछ । ८ दिन अघि कोरोना डिकेक्ट भएको र हिजो मृत्यु भयो भन्ने आएको छ,’ उनले भने ।
उनी चरक अस्पतालमा उपचाररत थिइन् । उनलाई उच्च रक्तचाप र मधुमेह पनि देखिएको अस्पताल प्रशासनले जनाएको छ । ‘अरू बिरामी पनि थिए भन्ने छ । कोरोना पनि एसोसियट हुन आयो,’ खड्काले भने, ‘अरू कारण पनि हुन सक्छन् । तर कोरोना भन्ने पुष्टि भएको हो ।’
गण्डकीमा अहिले कोरोना सङ्क्रमणको दर बढ्न थालेको निर्देशनालयले जनाएको छ । हाल प्रदेशभर ८ जना सङ्क्रमित उपचाररत रहेका छन् । तीमध्ये कास्कीमा ५ जना छन् भने बागलुङमा २ र स्याङ्जामा एक जना छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट विरुद्ध भारतमा युवा आन्दोलन चर्कियो
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण