अल्जेरियामा परीक्षा अवधिमा देशभरको इन्टरनेट सेवा बन्द
बीबीसी । अल्जेरियाले हाई–स्कुल परीक्षाको समयमा देशभरीको इन्टरनेट सेवा बन्द गर्ने भएको छ । अल्जेरिया सरकारले यो कदम परीक्षामा बढेको चोरी रोक्ने उद्देश्यले चालेको हो ।
अब हाईस्कुल परीक्षाको हरेक विषयको परिक्षा शुरु हुना साथ एक घण्टाका लागि मोबाइल र फिक्स–लाइन दुबै खालको इन्टरनेट सेवा बन्द गरिनेछ ।
अल्जेरियामा जून २०–२५ मा हाईस्कूल परिक्षा हुँदैछ । यस परीक्षा अवधिभरि इन्टरनेट सेवा बन्द जारी रहनेछ ।
यो विषम कदम सन् २०१६ मा भएको हाई स्कुल परिक्षामा व्यापाक चोरीको प्रतिक्रियामा आएको छ । त्यो समय परीक्षा शुरु हुनु अघि र परिक्षा चलिरहँदा प्रश्नपत्र इन्टरनेटमा लिक भएको थियो ।
परिणाम स्वरुप अधिकारीहरुले इन्टरनेट प्रदायकहरुलाई अघिल्लो वर्ष सामजिक सञ्जालमा पहुँच रोक्नको लागि अनुरोध गरेका थिए । तर यो स्वैच्छिक कदम परिक्षा चोरी रोक्न पर्याप्त हुन सकेन ।
अल्जेरियाका शिक्षा मन्त्री नुरिया बेन्घाब्रितले अल्जेरियाली समाचार पत्र अन्नहारलाई बताए अनुसार यो पुरै अवधि फेसबुक देशभरी ब्लक गरिनेछ ।
बेन्घाब्रितले आफूहरु यो निर्णयले ‘सहज नभएको’ भए पनि ‘यस्तो सम्भावित चोरीको अवस्थालाई चुप लागेर हेर्न नसक्ने’ बताइन् ।
त्यस अतिरिक्त विद्यार्थी र शिक्षक दुबैलाई इन्टरनेट चल्ने सम्पूर्ण विद्युतीय सामाग्रीहरु परिक्षा हलमा लानलाई प्रतिबन्ध लगाइएको छ । यसको सुनिश्चिता गर्नका लागि देश भरका सबै २००० परिक्षा केन्द्र बाहिर मेटल डिटेक्टर राखिने छ ।
बेन्घाब्रितले सबै परिक्षा पत्र छापिने स्थानमा निगरानी गर्ने क्यामेरा र मोबाइल फोन जामर लगाउने बताइन् ।
अल्जेरियाभरीका ७,००,००० भन्दा धेरै विद्यार्थीहरु हाई स्कुलको प्रमाणपत्र परिक्षामा सहभागी हुदैछन् । यसको रिजल्ट अर्को जूलाई २२ मा प्रकाशन हुने अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अदालतले तोकेका समयसीमाभित्र फैसला कार्यान्वयन हुन्छ : मन्त्री गौतम
-
अधिकार सुनिश्चित गर्न नीतिगत सुधार आवश्यक : सभापति बास्कोटा
-
पहिलो खेलपछि सबै विश्वकप टोलीहरूको वरीयता
-
‘परम्परागत गृह प्रशासनलाई डिजिटल रुपान्तरण गर्ने बजेटको लक्ष्य’
-
विपद् व्यवस्थापनसम्बन्धी सन्देशसहित कार्टुन प्रदर्शनी
-
विश्वकपमा केही खेलाडीको जर्सीमा देखिने विशेष प्याच के हुन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण