राजेशपायल र पूर्व पत्नी साङबुङबिच झगडा नगर्ने सहमति
काठमाडौँ । गायक राजेशपायल राई र उनकी पूर्व पत्नी साङबुङ राईबिच मिलापत्र भएको छ । दुवैले तिनकुने स्थित प्रहरी वृत्तमा मिलापत्र गरेका हुन् । साङबुङ राजेशपायलविरुद्ध उजुरी प्रहरीमा दिएपछि दुबैलाई राखेर मिलापत्र गराएको हो ।
दुवैले आपसमा कुरा मिलाएर सहमति गरेको प्रहरी वृत्त तीनकुनेले जनाएको छ ।साङबुङको लिखित उजुरीमा राजेशपायलले आफूलाई अप्ठेरो पर्ने खालका क्रियाकलाप र हातपात गरेको तथा धाकधम्की दिएको भन्दै सुरक्षा माग गरिएको थियो ।
त्यसैबमोजिम प्रहरीले राजेशपायललाई बोलाएर छलफल गराएको हो । छलफलपछि दुवैले एक–अर्काको जीवनमा हस्तक्षेप नगर्ने र झैझगडा नगर्ने प्रतिबद्धता जनाएको प्रहरीले जानकारी दियो ।
केही दिनअघि साङबुङ अनामनगरस्थित घरमा बच्चा लिन जाँदा राजेशपायलले उनलाई दुर्व्यवहार गरेको समाचार मिडियामा छाएको थियो । राजेशपायल र साङबुङका एक मात्र सन्तानका रूपमा नाबालक छोरा छन् । छोरा साङबुङसँग भए पनि उनको सबै खर्च राजेशपायलले गर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धरानदेखि विस्कन्सिनसम्म, सयौँ बिरामीको ज्यान बचाइरहेका युवा नेपाली चिकित्सक
-
वीर र ट्रमालाई निर्देशन : यही हप्ताभित्र शुलभ फार्मेसी सञ्चालनमा ल्याउनू
-
कुन टिमको विगत कस्तो ? ब्राजिल र जापानमा कुन बलियो ? (भिडियो)
-
इन्दिरा जोशीको आइटम गीत ‘सेन्सेसन’मा आश्माको बोल्ड अवतार
-
अमृत कोषमा बढ्न थाल्यो दुधको माग, धान्न अस्पताललाई मुस्किल
-
२० तस्बिरमा हेर्नुहाेस् रोपाइँ महोत्सव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण