गण्डकीका मुख्यमन्त्री चीन भ्रमणमा, जिसी कार्यवाहक मुख्यमन्त्री
मङ्गलबार, ०६ साउन २०८२, ०९ : ३२
सारांश
- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे चीन भ्रमणमा गएका छन् ।
- मुख्यमन्त्री पाण्डेले ल्हासामा कोरला नाका खोल्न र पोखरा विमानस्थल सञ्चालनबारे छलफल गर्नेछन् ।
- पाण्डेको अनुपस्थितिमा कार्यवाहक मुख्यमन्त्री पद्मा जिसी श्रेष्ठलाई तोकिएको छ, र उनी साउन १२ गते फर्कनेछन् ।
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे चीन भ्रमणमा निस्किएका छन् । नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन मुख्यमन्त्री र पोखराका मेयर धनराज आचार्य सहितको टोली ल्हासा जान लागेको हो ।
पाण्डेको अनुपस्थितिमा गण्डकीको कार्यवाहक मुख्यमन्त्री पद्मा जिसी श्रेष्ठलाई तोकिएको छ । पाण्डेको टोली साउन १२ गते नेपाल फर्किने छ ।
ल्हासामा हुँदा उनले कोरला नाका खुला गर्ने र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि चीन सरकारसँग आग्रह गर्ने छन् । यसबाहेक दुई देशका व्यापारीहरूको व्यापार सहरीकरणबारे पनि छलफल हुने बताइएको छ ।
पाण्डे मुख्यमन्त्री नियुक्त भएपछि यो नै पहिलो अन्तर्राष्ट्रिय औपचारिक भ्रमण हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण