अपडेट
ठमेलबाट २ केजी सुन र २४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
मङ्गलबार, ०६ साउन २०८२, १२ : ४०
सारांश
- प्रहरीले काठमाडौँको ठमेलबाट २ किलो सुन र नगदसहित दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा सुमेई चोउ र चुनलिन थान रहेका छन्, जसमध्ये थान डेढ महिनाअघि काठमाडौं आएका थिए।
- उनीहरुको साथबाट २४ लाख नगद बरामद गरिएको छ र थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागमा पठाइनेछ।
काठमाडौँ । प्रहरीले काठमाडौँको ठमेलबाट दुई केजी सुन र नगदसहित दुई जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ठमेलस्थित एक होटलबाट उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा चीनको सियाचिन घर भएकी ३४ वर्षीय सुमेई चोउ र ४६ वर्षीय चुनलिन थान छन् ।
आरोपीहरूको साथबाट २ केजी सुन र २४ लाख नगद बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले पुष्टि गरे ।
चुनलिन थान डेढ महिनाअघि काठमाडौँमा आएर ठमेलस्थित होटलमा बसेका थिए । चोउ चाहिँ केही दिनअघि मात्र काठमाडाैँ आएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।
उनीहरू दुई जना प्रेमी प्रेमिका हुन् । सोमबार राति पक्राउ परेका आरोपीहरूलाई थप अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान विभागमा पठाउने प्रहरीको तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा सुधारको प्रयास भएको छ : घिमिरे
-
गोविन्द केसी फेरि किन बसे अनसनमा ?
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण