बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
कांग्रेसमा उपनिर्वाचनबारे चर्चा

रुपन्देही–३ उपनिर्वाचन : खाणलाई उम्मेदवार बनाउन देउवालाई सुझाव

मङ्गलबार, ०६ साउन २०८२, १५ : ३४
मङ्गलबार, ०६ साउन २०८२

सारांश

  • नेपाली कांग्रेसका नेताहरूले आगामी उपनिर्वाचनमा गत निर्वाचनका उम्मेदवारलाई प्राथमिकता दिन सभापति देउवालाई सुझाएका छन्।
  • पूर्व उपसभापतिहरूले रूपन्देही ३ मा पुरानै उम्मेदवार उठाएर जित्ने तरिकाले लाग्न सभापतिलाई आग्रह गरे।
  • सभापति देउवाले सल्लाह गर्दै अघि बढ्ने जवाफ दिए, भने खाण नक्कली शरणार्थी प्रकरणमा मुछिएका व्यक्ति हुन्।

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पार्टीका ५ नेताहरूले आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनमा गत निर्वाचन (२०७९) मा  उठेका उम्मेदवारलाई प्राथमिकता दिन सुझाएका छन् । 

मंगलबार बिहान देउवा निवास बुढानीलकण्ठ पुगेका पूर्व उपसभापतिहरू गोपालमान श्रेष्ठ र विजयकुमार गच्छदार, पूर्वमहामन्त्रीहरू प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला तथा पूर्वसहमहामन्त्री डा. प्रकाशशरण महतले २०७९ को निर्वाचनमा उम्मेदवार भएका बालकृष्ण खाणलाई उम्मेदवार बनाउन सुझाएका हुन् । खाण नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका थिए ।

उक्त भेटमा सहभागी पूर्वउपसभापति श्रेष्ठले पुरानै उम्मेदवार उठाएर जसरी भए पनि जित्ने तरिकाले लाग्न सुझाइएको जानकारी दिए । ‘पुरानै उम्मेदवार उठाएर हुन्छ कि के गरेर हुन्छ, कांग्रेसले नै रूपन्देही ३ मा विजय हासिल गर्ने गरी सभापतिजी अघि बढ्नुपर्छ भनेर कुरा राख्यौँ,’ पूर्वउपसभापति श्रेष्ठले भने ।’ जवाफमा सभापति देउवाले सल्लाह गर्दै जाऔँला भन्ने जवाफ दिएका जानकारी श्रेष्ठले दिए । 

०७९ मा भएको निर्वाचनमा खाण राप्रपा नेता दीपक बोहोरासँग यसै निर्वाचन क्षेत्रमा पराजित भएका थिए । बोहोराको निधनपछि यहाँ उपनिर्वाचन हुन लागेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप