३१ औँ कार्गो दिवस ‘लजिस्टिक विकास र बिबिन कनेक्टिभिटी’ नारासहित मनाइने
काठमाडौँ । नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) ले आफ्नो ३१औँ वार्षिक कार्गो दिवस ‘नेपालको लजिस्टिक विकास र बिबिन कनेक्टिभिटी’ नाराका साथ भव्य रूपमा मनाउने भएको छ ।
मङ्गलबार काठमाडौँमा आयोजित एक पत्रकार सम्मेलनमार्फत सङ्घले उक्त जानकारी दिएको हो ।कार्यक्रमका संयोजक तथा नेफाका वरिष्ठ उपाध्यक्ष नरेश कुमार अग्रवालले आगामी २०८२ साल साउन १३ गते काठमाडौँको हायात रिजेन्सी होटलमा ३१औँ कार्गो दिवस आयोजना गरिने जानकारी दिए ।
यस वर्षको कार्यक्रम नेपाल इन्टरमोडल यातायात विकास समिति र कतार एयरवेज कार्गोको सहकार्यमा आयोजना हुन लागेको हो ।संयोजक अग्रवालले सुरुमा सदस्यहरूबिच पारिवारिक सम्बन्ध र भाइचारा बढाउने उद्देश्यले कार्गो दिवस बनाउन लागेको बताए ।
उनले भने,‘ यो दिवस अब केवल व्यापारिक छलफल मात्र नभई, देशको समग्र आपूर्ति शृङ्खलालाई कसरी अझ प्रभावकारी र सुदृढ बनाउन सकिन्छ भन्ने विषयमा गहन विचार–विमर्श गर्ने एक रणनीतिक मञ्च बनेको छ ।’
नीति–निर्माता र निजी क्षेत्रबिच संवाद सृजना गरी सहकार्यको बाटो खोल्ने, नेपाली लजिस्टिक क्षेत्रलाई आधुनिक प्रविधि र अन्तर्राष्ट्रिय मापदण्डसँग जोड्ने तथा नेपाली अर्थतन्त्रलाई प्रतिस्पर्धी बनाउन मद्दत गर्ने विश्वास लिइएको छ ।
सरकारी, निजी क्षेत्र तथा अन्तर्राष्ट्रिय प्रतिनिधिहरूको सहभागितामा कार्यपत्र तथा भिडियो डकुमेन्ट्री प्रस्तुतिसहित नेटवर्किङ कार्यक्रम आयोजना गरिने छ ।
वरिष्ठ उपाध्यक्ष अग्रवालले कार्गो दिवसले नेपाली उद्योगी–व्यवसायीलाई विश्व बजारसँग जोड्न, पूर्वाधार विकासमा सरकारको ध्यानाकर्षण गराउन र समग्रमा नेपालको आर्थिक विकास यात्रामा महत्त्वपूर्ण भूमिका खेलेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको अध्यक्षतामा ब्रिक्स यातायात मन्त्रीहरूको बैठक सम्पन्न, मन्त्रीस्तरीय घोषणापत्र पारित
-
पुनर्जीवनको पर्खाइमा हेटौँडा कपडा उद्योग, दाबी अनुसार छैन चहलपहल
-
ट्रम्पको दाबी, ‘मेरो लोकप्रियता ५९ प्रतिशत पुग्यो, बजारमा महँगी पनि घट्यो’
-
बारामा पोखरीमा डुबेर बालिकाको मृत्यु
-
भानुगृहलाई साझा सांस्कृतिक धरोहरका रूपमा संरक्षण गर्न उपराष्ट्रपतिको आह्वान
-
कटेनी नदीमा जलसतहले सतर्कता तह पार गर्यो, सतर्क रहन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण