एक वर्षमा साढे ५ करोड बढीको अवैध सामान बरामद
सारांश
- रौतहट प्रहरीले एक वर्षमा साढे ५ करोडभन्दा बढीको अवैध सामान बरामद गरेको छ।
- प्रहरीले तस्करीमा संलग्न १०३ जना र २२ विदेशी नागरिकलाई पक्राउ गरी कारबाही गरेको छ।
- फरार ६४० प्रतिवादी पक्राउ गरी ४८ लाख बढी जरिवाना र कैद सजाय भुक्तानको लागि पेश गरियो।
रौतहट । रौतहटमा प्रहरीले एक वर्षमा साढे पाँच करोडभन्दा बढी मूल्य बराबरको अवैध सामान बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका प्रहरी इकाईहरूले आर्थिक वर्ष २०८१–०८२ मा विभिन्न नाकाबाट तस्करी भई भित्रिएको ५ करोड ५९ लाख ५५ हजार २३५ रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी नेत्रमणि गिरीका अनुसार बरामद सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी जिल्ला भन्सार कार्यालय गौरमा बुझाउने गरिएको छ ।
तस्करीमा प्रयोग भएका ५ थान स्कार्पियो, ४ पिकअप, १ ट्याक्टर, १० ई(रिक्सा, २४३ मोटरसाइकल र ३३ थान साइकल सहित २९६ वटा सवारी साधनसमेत बरामद गरेको प्रहरीले जनाएको छ।
यही अवधिमा तस्करीमा संलग्न २२ जना विदेशी नागरिकसहित १०३ जना तस्करलाई पक्राउ गरी कानुनी कारबाही अगाडि बढाइएको पनि प्रहरीको तथ्याङ्कमा उल्लेख गरिएको छ।
साथै, फरार प्रतिवादी पक्राउ अभियानअन्तर्गत अदालतबाट सजाय सुनाइएपछि फरार रहेका ६४० जना प्रतिवादीलाई विभिन्न स्थानबाट पक्राउ गरि फैसला कार्यान्वयन गरिएको छ।
जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायका अनुसार, पक्राउ परेका प्रतिवादीहरूबाट ४८ लाख २९ हजार ९८४ रुपैयाँ बराबरको जरिवाना असुल र ११४ वर्ष १ महिना २० दिन कैद सजाय भुक्तानीको लागि जिल्ला अदालत रौतहटमा उपस्थित गराइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउन मसान्तभित्र सम्पर्कमा आएका फार्म र सहकारीबाट मात्रै डीडीसीले दूध किन्ने
-
विश्वकप फाइनलको संघारमा कोलकातामा मेसी फोबिया
-
दक्षिणपन्थीसँग साँठगाँठ गरेर पार्टी प्रतिष्ठामा आँच नपुर्याउन झलनाथको आग्रह
-
इरान अझै लामो दूरीका हतियार प्रयोग गर्न तयार देखियाे : अमेरिकी सुरक्षा विश्लेषक
-
विश्वकप फाइनलमा किन अर्जेन्टिना हारोस् भनिरहेको छ ल्याटिन अमेरिका ?
-
सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ काराेबार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण