शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

सरकारले जनताको हितमा कुनै काम गर्न सकेन : खनाल

बुधबार, ०७ साउन २०८२, ०९ : ५४
बुधबार, ०७ साउन २०८२

सारांश

  • पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान सरकारले जनताको हितमा काम गर्न नसकेको बताए।
  • उनले भ्रष्टाचारका काण्डहरू देखा परेको र भ्रष्टहरूले देशमा शासन गरिरहेको आरोप लगाए।
  • खनालले विदेशमा नेपाली कामदारको अवस्था र कम्युनिस्ट आन्दोलनको दिशामाथि प्रश्न उठाए।

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान सरकारले जनताको हितमा कमिलोसम्म मार्न नसकेको टिप्पणी गरेका छन् ।

बुधवार कीर्तिपुरमा आयोजित ४७ औँ पुष्पलाल स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारमा दुई वटा हात्ती जस्तै शक्तिशाली पार्टी रहेको भएपनि जनताको हितमा कुनै काम गर्न नसकेको जिकिर गरे ।

उनले एक पछि अर्को भ्रष्टाचारका काण्डहरू देखा परेको भन्दै भ्रष्टहरूले देशमा शासन गरिरहेको बताए । भ्रष्टाचारविरुद्धको अभियान सञ्चालन गरेर उन्मुलन नगरेसम्म जनताले आफ्नो हक नपाउने उनले बताए । 

हरेक दिन २५ सय नेपालीहरू विदेशमा रोजगारीका लागि जाने गरेको र ५ जनाको शव दैनिक नेपाल आउने गरेको भन्दै बहुदलीय जनवाद र पुँजीवादी जनवादले गरेको काम र प्रगति यही हो ? भन्दै उनले प्रश्न गरे । 

सम्मानित नेता खनालले नयाँ जनवादलाई लागू गर्दै अघि बढ्ने सिलसिलामा एउटा खास बिन्दुमा गएपछि नेपालको कम्युनिस्ट आन्दोलन भड्किएको बताए। ०६२—०६३ को क्रान्ति पुँजीवादी जनवादी क्रान्ति मात्रै भएको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप