दोलखाबाट आएको रायोको सागमा विषादी, खान अयोग्य
बुधबार, ०७ साउन २०८२, ११ : ३८
सारांश
- काठमाडौँको कालीमाटी तरकारी बजारमा दोलखाबाट आएको रायोको सागमा विषादी भेटियो।
- ईश्वर भारतीले ल्याएको सागमा ८० प्रतिशतभन्दा बढी अर्गानोफस्फेट भेटिएको पुष्टि भयो।
- विषादीको मात्रा ४५ प्रतिशतभन्दा बढी भए नष्ट गर्नुपर्ने प्रावधान रहेको छ।
काठमाडौँ । काठमाडौँको कालीमाटीस्थित तरकारी बजारमा दोलखाबाट आएको रायोको सागमा विषादीको मात्रा उच्च भेटिएको छ । दोलखाबाट ईश्वर भारतीले ल्याएको रायोको सागमा अर्गानोफस्फेट नाम विषादी ८० प्रतिशतभन्दा बढी भेटिएको हो ।
यो किरा मार्ने विषादी भएकोले ४५ प्रतिशतभन्दा माथि विषादी भेटिएमा पूर्ण रूपमा नष्ट गर्नुपर्ने हुन्छ ।
कालीमाटीस्थित विषादी अवशेष दूर्त विश्लेषण प्रयोगशाला एकाइले दैनिक रूपमा कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा आएको तरकारी तथा फलफूलको नमुना परीक्षण गर्ने गरेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण