१२ बजे १२ समाचार: गौरवका आयोजनामा नाममा मात्र ‘गौरव’, संकटग्रस्त मधेस
सारांश
- सरकारले मधेस प्रदेशलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ।
- प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्र मन्त्रालय बेखबर रहेको बताइएको छ।
- एमालेले विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा आउन रोक लगाएको छ।
आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–
१. संकटग्रस्त क्षेत्र
सरकारले मधेस प्रदेशलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको एक मन्त्रीले रातोपाटीलाई जानकारी दिए।
२. प्रधानमन्त्री भ्रमणबारे परराष्ट्र र दूतावास अनभिज्ञ
प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने मिति तय भएकोबारे सञ्चारमाध्यममा समाचारहरु प्रकाशित भए पनि परराष्ट्र मन्त्रालय यसबाट बेखबरजस्तो देखिएको छ ।
प्रधानमन्त्री ओलीले सेप्टेम्बर १६ र १७ मा भारत भ्रमण गर्ने भनेर मिति नै सार्वजनिक भइसकेको अवस्थामा परराष्ट्र मन्त्रालय र नेपालस्थित भारतीय दूतावासले भने आश्चर्य प्रकट गरेका छन् ।
३ .राष्ट्रिय गौरवका आयोजना
राष्ट्रिय गौरवका आयोजना अन्यभन्दा फरक नभएको भन्दै सांसदहरूले तिनको औचित्यमाथि नै प्रश्न उठाएका छन् । बुधबार राष्ट्रियसभाअन्तर्गत संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा सांसदहरूले राष्ट्रिय गौरवका आयोजनामा नाममा मात्र ‘गौरव’ रहेको तर काममा अन्यभन्दा केही फरक नरहेको बताए ।
४. विद्यासँग के–के छन् विकल्प ?
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेको सक्रिय राजनीतिमा पार्टीले संस्थागत रोक लगाएसँगै आगामी दिनमा उनले चाल्नसक्ने कदमबारे सर्वत्र चासो छ । मंगलबार राति सकिएको एमालेको दुई दिने केन्द्रीय कमिटी बैठकले भण्डारी सक्रिय राजनीतिमा आउनु संविधान र व्यवस्थाकै गरिमा विपरीत हुने निष्कर्ष निकालेको छ । यतिमात्र होइन, उनले लिएको भनिएको पार्टी सदस्यता नै त्रुटिपूर्ण रहेको भन्दै त्यसलाई खारेज गर्ने निर्णयसमेत गरेको छ ।
५. होडबाजी
सत्ताको नेतृत्व गरिरहेको दल नेकपा एमालेले केन्द्रीय समिति बैठकमा ७० वर्ष उमेरहद र दुई कार्यकालको व्यवस्था विधानबाट हटाउने प्रस्ताव केन्द्रीय समिति बैठकले अनुमोदन गरेपछि अन्तरविरोध चर्किएको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीलाई आगामी ११ औँ महाधिवेशनमा अध्यक्ष बन्न सहज हुनेगरी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव पेस गरेका थिए ।
६.नेपाल धितोपत्र बोर्ड
नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०८२/८३ को लागि नीति तथा कार्यक्रम ल्याएको छ । बुधबार बोर्डले सात वटा नीति र यस अन्तर्गतका ८८ कार्यक्रमसहित नयाँ वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।
७.कर्णालीको प्रशासनिक पुनर्संरचना प्रतिवेदन:
कर्णाली प्रदेशको खर्चिलो र भद्दा प्रशासनिक संरचनालाई चुस्त बनाउने उद्देश्यले गठित ‘उच्चस्तरीय सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण समिति’को प्रतिवेदनले अहिले प्रदेशको राजनीतिक र प्रशासन क्षेत्र तरङ्गित छ ।
८.मितेरी सहकारी प्रकरण
ललितपुरको महालक्ष्मीस्थानमा सञ्चालित मितेरी बचत तथा ऋण सहकारीको रकम ठगीमा संलग्न ज्योति बहादुर भण्डारीसँग ‘कनेक्सन’ देखिएका दुई जना आरोपीमाथि समेत प्रहरीले अनुसन्धान गरिरहेको छ ।
९. विकास निर्माण
गण्डकी प्रदेश सरकार स्थापना भएपछि सडक, खानेपानी र विद्युतका क्षेत्रमा देखिने गरी केही काम भएका छन् । प्रदेश सरकार स्थापना भएपछि हालसम्म १ हजार किलोमिटरभन्दा बढी सडक कालोपत्रे भएको भौतिक पूर्वाधार विकास मन्त्रालयको तथ्यांक छ ।
१०. एमाले बैठक
नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा स्वागत नगर्नुको कारण लोकतन्त्रलाई बलियो बनाउनका लागि भएको प्रस्टीकरण दिएका छन् । एमाले प्रचार तथा प्रकाशन विभागले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले पूर्वराष्ट्रपति एमालेमा प्रवेश गर्दा पार्टी बलियो हुने भए पनि लोकतन्त्र कमजोर हुने बताए ।
११. माओवादीमा घोचपेच
पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी उपमहासचिव जनार्दन शर्मालाई जवाफ फर्काएका छन् । नेकपाका संस्थापक महासचिव पुष्पलालको ४७ औँ स्मृति दिवसको अवसरमा बुधबार काठमाडौँमा आयोजना भएको कार्यक्रममा प्रचण्डले शर्माको नमै नलिई पार्टीभित्र सिँगौरी खेल्न दिएको बताएका हुन् ।
१२. अलबिदा अज्जी
‘हेभी मेटल’ भनेर चिनिने संगीतको स्वरूप निर्माण गर्न मद्दत गरेका अज्जी ओस्बोर्नको ७६ वर्षको उमेरमा मंगलबार निधन भएको छ । उनले एक किसिमले ‘जंगली रक स्टार’को छवि आविष्कार पनि गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण