फिल्म ‘चे’को हङकङमा विशेष प्रदर्शन हुने
सारांश
- फिल्म 'चे' हङकङमा विशेष प्रदर्शन हुने भएको छ, याक्थुङ मुन्चइत चोक सयङ हङकङले प्रदर्शन गर्नेछ।
- यो फिल्म लासको कथामा आधारित छ र सांस्कृतिक सम्पदाको द्वन्द्व देखाउँछ।
- सागर केरुङको लेखन तथा निर्देशन रहेको फिल्ममा बिभिन्न कलाकारहरुको अभिनय रहेको छ।
काठमाडौँ । फिल्म ‘चे’ हङकङमा विशेष प्रदर्शन हुने भएको छ । आगामी अगस्ट ७ (२०२५)मा याउ मा ताइ कम्युनिटीहलमा फिल्मको प्रदर्शन याक्थुङ मुन्चइत चोक सयङ हङकङले गर्न लागेको हो । फिल्म ४ अक्टोबरमा सौल कोरिया र २७ नोभेम्बरमा दमाम साउदी अरबियामा प्रदर्शन हुनेछ ।
‘चे’ लासको कथामाथि निर्माण गरिएको फिल्म हो । आधुनिक विकासको नाममा सांस्कृतिक सम्पदा भत्काउने र जोगाउने बिचको द्वन्द्वात्मक कथा पनि फिल्मले देखाउनेछ ।
याक्थुङ फिल्मस्को ब्यानरमा बनेको फिल्मको लेखक तथा निर्देशक सागर केरुङ हुन् । निर्देशक केरुङकै निर्माण रहेको फिल्ममा सागर केरुङ, बिमला खजुम, यासेली योङहाङ, निशाम तुम्बापो, भवेन्द्र थाम्सुहाङ, रत्ना लिङ्देन लावती, नरेन्द्रराज केरुङ, पूर्ण सेलीङ्, प्रमिता लिम्बु, यलम्बर खम्बु, अभिषेक केरुङ, राजु घिमिरे, नुनाम केरुङ, कर्णहाङ् सुब्बा ताम्लिङ, प्रनेश लिम्बु थेवे, संगीत आङ्खेवा, तिर्थ मादेम्बा, राजु घिमिरे, सुरेन शिशिर केरुङ, याम कुरुम्बाङ्, अजित योङया, प्रेमहाङ् केरुङ, उदय बेघा, अमृता जवेगु, जोलिना केरुङ, तिर्थ हाड्सरुम्बा, चन्द्रकला साँवा लगायतको अभिनय छ ।
इन्दु फोम्बो, सवु लिम्बु थाम्सुहाङ निर्माता रहेको फिल्ममा युवराज राईको छायाङ्कन र पर्शु थलङ्को सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्सेको सिस्टममा समस्या हुँदा परिसूचकमा १००० अंक गिरावट देखियो
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण