लामिन यामालले सम्हाल्ने मेस्सीको १० नम्बर जर्सी
सारांश
- बार्सिलोनाको जर्सी नम्बर १० युवा विंगर लामिन यामालले लगाउने भएका छन्।
- औपचारिक समारोहमा बार्सिलोनाका अध्यक्ष र खेल निर्देशकले जर्सी हस्तान्तरण गरे।
- यसअघि एन्सु फातीले लगाएको १० नम्बर जर्सी अब यामालले लगाउने छन्।
काठमाडाैँ। स्पेनिस क्लब ला लिगा क्लब बार्सिलोनाको जर्सी नम्बर १० को जर्सी लामिन यामालले लगाउने भएका छन् ।
बार्सिलोनाका अध्यक्ष जोन लापोर्टा र खेल निर्देशक डेकोको उपस्थितिमा एक औपचारिक समारोहमा १८ वर्षे युवा विङर लामिन यामाललाई बार्सिलोना जर्सी नम्बर १० हस्तान्तरण गरेका हुन् ।
बार्सिलोनामा जर्सी नम्बर १० इतिहासको महान खेलाडीले लगाउने प्रचलन छ । यो भन्दा पहिलो बार्सिलोनामा मेस्सी, रोनाल्डिन्हो तथा माराडोना जस्ता महान् खेलाडीहरूले खेलेको जर्सी यामालले लगाएका हुन् । सन् १३ जुलाई २००७ मा जन्मिएका यामालले आफ्नो १८औँ जन्मदिन भित्रै क्लबसँग २०३१ सम्मको नयाँ अनुबन्ध गरेका थिए ।
बार्सिलोनामा यसअघि एन्सु फातीले जर्सी नम्बर १० लगाएका थिए । फाती त्यसपछि मोनाकोमा लोनामा गएका थिए । त्यसपछि बार्सिलोनामा जर्सी नम्बर १० लगाउने विषयमा चर्चा भएको थियो ।
जर्सी नम्बर १० पाएपछि यामालले भने, ‘मेस्सीले यो क्लबमा जर्सी नम्बर १० लगाएर आफ्नो बेग्लै एक इतिहास बनाएका छन् । अब म मेरो बेग्लै इतिहास बनाउनेछु,’ यामालले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रैथाने उत्पादन संरक्षण गर्न भौगोलिक सङ्केतसम्बन्धी कानुन तर्जुमा गरिने’
-
औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार
-
ठमेलमा पर्यटकलाई दुःख दिने र प्रहरीमाथि अभद्र व्यवहार गर्ने २३ जना पक्राउ
-
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबिच छलफल
-
यसरी सम्भव छ बाह्रैमास पर्यटन
-
जर्मन फरवार्ड करिम अदेयेमी बार्सिलोनामा अनुबन्ध, २२ मिलियन युरोको सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण