भद्रपुर भन्सारद्वारा २० करोड ८६ लाख राजस्व असुली
सारांश
- भद्रपुर भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा २० करोड ८६ लाख राजस्व सङ्कलन गरेको छ।
- कार्यालयले ३३ करोड १३ लाखको लक्ष्य राखेकोमा ६३ प्रतिशत मात्र असुली गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा कम हो।
- मेची भन्सारको कारोबार बढ्दा र भारतीय भन्सारको असहयोगले भद्रपुर भन्सारको प्रगतिमा कमी आएको छ।
झापा । भद्रपुर भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा रु २० करोड ८६ लाख ६९ हजार ६३२ राजस्व सङ्कलन गरेको छ । विसं २०७५ मा मुख्य भन्सारको रुपमा स्तरोन्नति भएको यो भन्सार त्यसअघि छोटी भन्सारको रुपमा सञ्चालन भइरहेको थियो ।
आव २०८१/८२ मा कार्यालयले रु ३३ करोड १३ लाख ७३ हजार राजस्व सङ्कलनको लक्ष्य राखेको थियो । लक्ष्यको तुलनामा ६३ प्रतिशत मात्र असुली भएको कार्यालयका प्रमुख अर्जुनप्रसाद सिटौलाले बताए ।
आव २०८०/८१ को तुलनामा आव २०८१/८२ को राजस्व असुलीसमेत घटेको छ । आव २०८०/८१ मा भद्रपुर भन्सार कार्यालयले रु २४ करोड ३४ लाख २७ हजार ३६ राजस्व असुली गरेको थियो । आव २०८०/८१ को तुलनामा आव २०८१/८२ को राजस्व असुलीमा रु तीन करोड ४७ लाख ५७ हजार ४०४ कमी आएको छ ।
झापाको काँकडभिट्टामा रहेको मेची भन्सार कार्यालयबाट आयात निर्यात सम्बन्धी कारोबार धेरै हुने भएका कारण भद्रपुर भन्सारको कारोबारमा कमी आएको हो । भद्रपुरमा नेपालतर्फबाट जुन सुविधा र तहको भन्सार कार्यालय सञ्चालनमा छ, समान स्तरको सेवा गलगलियास्थित भारतीय भन्सारमा नहुँदा भद्रपुर भन्सार सुस्ताएको व्यवसायी बताउँछन्।
विगतमा पनि भद्रपुर भन्सारको प्रगति कमजोर रहँदै आएको थियो । लक्ष्यको तुलनामा आव २०७८/७९ मा ५६ दशमलव २८ प्रतिशत र आव २०७९/८० मा २८ दशमलव २८ प्रतिशत मात्र राजस्व सङ्कलन भएको थियो । विसंं २०७५ भदौ १९ गते तत्कालीन अर्थमन्त्री डा युवराज खतिवडाले भद्रपुर छोटी भन्सारलाई स्तरोन्नति गरेर मुख्य भन्सारको रुपमा उद्घाटन गरेका थिए ।
भद्रपुर भन्सारबाट चिया उद्योगको प्याकिङका सामान, विषादी, मेसिनरी पार्टस्, केमिकल, फलफूल आदि वस्तु आयात हुने गरेको छ भने निर्यात उल्लेख्य मात्रामा हुने गरेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण