बागमतीका ४ मन्त्रीले मुख्यमन्त्रीलाई पठाएको राजीनामा पत्रमा के छ ? (पत्रसहित)
काठमाडौँ । बागमती प्रदेशका ४ मन्त्रीले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री बहादुर सिंह लामा तामाङलाई ४ जनै मन्त्रीले ह्वाट्सएपबाट राजीनामा पठाएका हुन् ।
शुक्रबार राजीनामा दिनेहरूमा संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन र आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने छन् ।
विविध कारणले जिम्मेवारी बहस गर्न सक्ने अवस्था नरहेकाले आजकै मितिदेखि लागू हुने गरी राजीनामा दिएको उल्लेख छ ।
एउटै व्यहोरोका राजीनामा पत्रमा भनिएको छ, ‘विविध कारणले आफ्नो जिम्मेवारी निरन्तर बहन गर्न सक्ने अवस्था नरहेकाले आजकै मितिदेखि प्रदेश सरकारको..........मन्त्री पदबाट राजीनामा दिएको छु ।’
आजको मितिसम्म मन्त्रालयको जिम्मेवारी सफलतापूर्वक निर्वाचन गर्न दिएकोमा उनीहरूले मुख्यमन्त्रीलाई धन्यवाद पनि दिएका छन् ।
बागमती प्रदेशमा कांग्रेसभित्रै मुख्यमन्त्री परिवर्तनको खेल भएको छ । सोहीअनुसार मन्त्रीहरूले राजीनामा दिएका हुन् । राजीनामा दिने चारै जना कांग्रेसबाट मन्त्री बनेकाहरू हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुनर्जीवनको पर्खाइमा हेटौँडा कपडा उद्योग, दाबी अनुसार छैन चहलपहल
-
ट्रम्पको दाबी, ‘मेरो लोकप्रियता ५९ प्रतिशत पुग्यो, बजारमा महँगी पनि घट्यो’
-
बारामा पोखरीमा डुबेर बालिकाको मृत्यु
-
भानुगृहलाई साझा सांस्कृतिक धरोहरका रूपमा संरक्षण गर्न उपराष्ट्रपतिको आह्वान
-
कटेनी नदीमा जलसतहले सतर्कता तह पार गर्यो, सतर्क रहन आग्रह
-
अमेरिका–इरान द्वन्द्वले तेलको मूल्यमा उछाल, एसियाली सेयर बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण