एलन मस्कको इन्टरनेट सेवा स्टारलिङ्कमा समस्या
काठमाडौँ । अमेरिकी खर्बपति व्यापारी एलन मस्कको अन्तरिक्ष अन्वेषण कम्पनी स्पेसएक्सद्वारा सञ्चालित स्याटेलाइटमा आधारित इन्टरनेट सेवा स्टारलिङ्कमा शुक्रबार व्यापक समस्या आएको छ ।
यो सेवा विश्वका १४० भन्दा बढी देशहरूमा प्रयोग भइरहेको छ । यो उच्च विश्वसनीयताको लागि परिचित छ । तर शुक्रबार यसका सेवाहरू अचानक बन्द भए । लाखौं प्रयोगकर्ताहरूको इन्टरनेटमा पहुँच गुम्यो ।
आन्तरिक सफ्टवेयरमा गम्भीर त्रुटिका कारण समस्या भएको हो । यसका कारण, हजारौँ स्टारलिङ्क राउटरहरूले एकैसाथ कनेक्टिभिटी गुमाएको खबरमा उल्लेख छ ।
आपत्कालीन अवस्थामा पनि स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्न परिचित यो सेवा अप्रत्याशित रूपमा अवरुद्ध हुनु आफैँमा स्तब्धकारी थियो । उपग्रहमा आधारित इन्टरनेट सेवामा परम्परागत नेटवर्कहरू भन्दा सामान्यतया कम आउटेज हुन्छ । यसले गर्दा पनि यो घटना अरू असामान्य र गम्भीर बनेको हो ।
स्टारलिङ्कले आफ्नो आधिकारिक एक्स खातामा नेटवर्क फेलियरको खबरको पुष्टि गरेको थियो । पहिलो पोस्ट जुलाई २५ को मध्यराति १ः३५ मा थियो ।
समस्या समाधान भएको भन्दै बिहान ३ः५३ बजे अर्को पोस्ट आयो । अर्थात् साढे २ घन्टासम्म यसको इन्टरनेट ठप्प भयो ।‘कोर नेटवर्क चलाउने केही प्रमुख आन्तरिक सफ्टवेयर सेवाहरूमा फेलियरका कारण यो समस्या भएको हो ।
हामी यो अस्थायी अवरोधको लागि माफी चाहन्छौँ र यो अवस्था फेरि नदोहोरिने सुनिश्चित गर्नेछौँ ।’ पोष्टमा स्टारलिङ्कका इन्जिनियरिङका उपाध्यक्ष माइकल निकोल्सले भनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी भाँडाकुँडामा राखिएको खानेकुरा खानुहुन्छ ? निम्त्याउला है रोग
-
स्ट्रेट अफ होर्मुजमा आक्रमण भएको जहाज चालकदलले छाडे
-
इरान युद्ध: दुई सातामा करिब १०० अमेरिकी सैनिक घाइते
-
नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री
-
भक्तपुरमा गेस्टहाउसबाट खसेर किशोरीको मृत्यु भएको घटनाबारे प्रहरीले अनुसन्धान गर्दै
-
उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण