शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

भारतमा विद्यालयको छत भत्किँदा सात जनाकाे मृत्यु

शुक्रबार, ०९ साउन २०८२, १६ : २८
शुक्रबार, ०९ साउन २०८२

काठमाडौँ । भारतको राजस्थानस्थित झालावाड जिल्लाको पिपलोदी गाउँमा शुक्रबार बिहान विद्यालयको छत भत्किँदा सात जनाकाे मृत्यु भएकाे छ ।

यहाँ एउटा सरकारी विद्यालयको भवनको छाना अचानक भत्किएको थियो । प्रार्थना सभा चलिरहेको बेला भएको यस घटनामा सात बालबालिकाको मृत्यु भएको छ । दुर्घटनापछि शिक्षामन्त्री मदन दिलावरले घटनाको उच्चस्तरीय अनुसन्धानको आदेश दिएका छन् । 

लामो समयदेखि विद्यालयको छाना जीर्ण हुँदै गएको थियो । निरन्तरको भारी वर्षापछि छत भत्किने सम्भावना बढेको थियो । तर यसबारे विद्यालयले खासै ध्यान दिएनन् ।

विद्यालयको लापरबाहीका कारण निर्दोष बालबालिकाले ज्यान गुमाए । गम्भीर घाइते भएका बालबालिकालाई झालावाड जिल्ला अस्पतालमा रिफर गरिएको छ । 

उद्धार टोलीसँग लागेर स्थानीयहरुले भग्नावशेष हटाउन मद्दत गरेका थिए । घटनामा सात कक्षाको छाना भत्किएको अनि उक्त कक्षामा करिब ३०–३५ विद्यार्थी रहेको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप