बाढी पहिरोका कारण चार स्थानमा सडक पूर्णरुपमा अवरुद्ध
सारांश
- मनसुन सक्रिय भएसँगै बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्गहरू अवरुद्ध भएका छन्।
- कोशी, बागमती र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा यातायात पूर्ण रूपमा ठप्प भएको छ।
- रसुवाको गोसाईंकुण्डमा बाढीले मितेरी पुलमा क्षति पुर्याउँदा यातायात बन्द छ।
काठमाडौँ । मनसुन सक्रिय भएसँगै बाढी र पहिरोका कारण देशका विभिन्न स्थानका राजमार्गहरू अवरुद्ध भएका छन् । नेपाल प्रहरीले गराएको शनिबार बिहान साढे १० बजेसम्मको अद्यावधिक जानकारीअनुसार ४ वटा सडक पूर्ण रूपमा अवरुद्ध छन् भने ५ स्थानमा एकतर्फी रूपमा सञ्चालनमा छन् ।
प्रहरीका अनुसार कोशी, बागमती र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा यातायात पूर्ण रूपमा ठप्प भएको छ । कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ वरुणमा अविरल वर्षाका कारण राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो ।
रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२ मा बाढीले नेपाल र चीन नाका जोड्ने मितेरी पुलमा क्षति पुर्याउँदा यातायात पूर्ण रूपमा बन्द छ। जाजरकोट–डोल्पा सडक खण्डअन्तर्गत रुकुम पश्चिमस्थित आठबिसकोट नगरपालिका–६ रिजिगारमा बाढीका कारण जाजरकोट–डोल्पा भियारी करिडोर पूर्ण रूपमा अवरुद्ध छ।
कर्णाली करिडोरअन्तर्गत पर्ने हुम्लाको सिमकोट गाउँपालिका–६ मा पनि पहिरोका कारण सवारी आवागमन ठप्प भएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण