१० बजे १० समाचार : मधेसका सीडीओलाई गृहमन्त्रीको निर्देशन, मुख्यमन्त्री लामा सचिव तामाङसँग रुष्ट
काठमाडौँ । आज मिति २०८२ साल साउन महिनाको १० गते शनिबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा १० बजे १० समाचार लिएर उपस्थित भएका छौँ–
१. मुख्यमन्त्री लामा सचिव तामाङसँग रुष्ट
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताबाट हटाउन दर्ता भएको अविश्वास प्रस्ताव बुझेको विषयमा मुख्यमन्त्री एवं कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा असन्तुष्ट देखिएका छन् । शुक्रबार आफूविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावको विषयमा संसदीय दलका सचिव कृष्णकुमार तामाङलाई फोन गरेर मुख्यमन्त्री लामाले असन्तुष्टि पोखेका हुन् ।
२. तराई–मधेशका जनप्रतिनिधि र सीडीओलाई गृहमन्त्रीको निर्देशन
गृहमन्त्री रमेश लेखकले विपद् सङ्कटग्रस्त क्षेत्र घोषित तराई–मधेशका स्थानीय तहका प्रमुख र अध्यक्ष र प्रमुख जिल्ला अधिकारीहरूसँग छलफल गरेका छन् ।
मन्त्री लेखकले खानेपानी र सिँचाइको समस्याग्रस्त स्थानका साथै प्राथमिकताका आधारमा डिप ट्युवबेल र डिप बोरिङ जडान गर्ने स्थानको पहिचान गर्ने कार्यका लागि समन्वय र सहजीकरणका लागि प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिए ।
३. एसिया कप क्रिकेट २०२५ यूएईमा हुने
एसियाली क्रिकेटको सबैभन्दा ठुलो प्रतियोगिता एसिया कप २०२५, संयुक्त अरब इमिरेट्स (यूएई) मा आयोजना हुने भएको छ । एसियाली क्रिकेट काउन्सिल ९एसीसी० का अध्यक्ष मोहसिन नक्वीले शनिबार प्रतियोगिताको मिति र स्थानबारे आधिकारिक घोषणा गरेका हुन् ।
४. सरकारले अझै पत्ता लगाउन सकेन निर्मलाको हत्यारा
सात वर्षअघि बलात्कारपछि हत्या गरिएकी छोरी निर्मला पन्तको न्यायको लागि आमा दुर्गादेवी अझै संघर्षरत छिन्। दुर्गादेवीकी छोरी निर्मला पन्तको सात वर्षअघि १३ वर्षको उमेरमा बलात्कारपछि हत्या भएको थियो । सात वर्षको अवधिमा देशमा पटक(पटक सरकारहरू बने। तर, आश्वासनबाहेक कुनै पनि सरकारले निर्मलाको हत्यारा पत्ता लगाउन सकेन।
५. एसिया स्वास्थ्य फोरममा स्वास्थ्य मन्त्रीको सम्बोधन
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले बोआओ फोरम अन्तर्गतको एसिया स्वास्थ्य फोरम २०२५ मा सम्बोधन गरेका छन् । फोरमको पूर्ण सत्रमा नवप्रवर्तनद्वारा सञ्चालित स्वास्थ्य उद्योगको नयाँ भविष्य विषयमा सम्बोधन गर्दै मन्त्री पौडेलले नेपालले डिजिटल स्वास्थ्यमा रूपान्तरण गर्ने रणनीति अन्तर्गत सक्रिय रूपमा काम गरिरहेको बताए ।
६. सुनको मूल्यमा उतारचढाव
नेपाली बजारमा यो सातामा सुनको मूल्य उतारचढाव हुँदै कारोबारको अन्तिम दिन शुक्रबारसम्म आइपुग्दा २२०० रुपैयाँ वृद्धि भएको छ ।
७. अहिलेको मुख्य दुस्मन राजतन्त्र नभएको प्रचण्डको टिप्पणी
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले नेपालको मुख्य दुस्मन राजतन्त्र नभएको बताएका छन् । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
८. कुलमानलाई राजेन्द्र महतोको प्रस्ताव
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालले सहकार्यका लागि कुलमान घिसिङलाई प्रस्ताव गरेको छ । नेपाल विद्युत् प्राधिकरणका पूर्वप्रबन्ध निर्देशकसमेत रहेका घिसिङले उज्यालो अभियान चलाउने तयारी गरिरहेका छन् । सोही क्रममा राष्ट्रिय मुक्ति पार्टी नेपालका नेताहरूले उनलाई भेटेर सो प्रस्ताव गरेका थिए ।
९. सेयर बजारमा उत्साहपूर्ण कारोबार
यो साताको सेयर बजार लगानीकर्ताका लागि निकै सुखद रह्यो । साताको सेयर बजारले केही ऐतिहासिक रेकर्ड बनायो भने केही अघिसम्म शिथिल अवस्थामा रहेको बजारमा गति दिने एउटा बलियो आशा समेत देखायो ।
१०. भावनाले मात्रै कम्युनिष्ट एकता हुन नसक्ने झलनाथको टिप्पणी
नेकपा (एकीकृत समाजवादी) सम्मानित नेता झलनाथ खनालले भावनाले मात्रै कम्युनिष्टहरुको एकता हुन नसक्ने बताएका छन् । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण