मधेसमा ४७ प्रतिशत मात्र रोपाइँ, यस्तो छ महोत्तरीको अवस्था (तस्बिरहरू)
सारांश
- यस वर्ष मनसुन प्रतिकूल हुँदा मधेस प्रदेशमा धान रोपाइँ प्रभावित भएको छ, हालसम्म ४७ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको छ।
- महोत्तरीमा किसानहरू पानी नपर्दा चिन्तित छन्, जिल्लामा ३० प्रतिशत मात्र रोपाइँ भएको छ, र खेतहरूमा धाँजा फाट्न थालेका छन्।
- प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसको सुक्खा ग्रस्त क्षेत्रको अवलोकन गरे र सरकारले तीन महिनाका लागि मधेस प्रदेशलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ।
काठमाडौँ । देशको अन्न भण्डारका रूपमा चिनिने मधेस प्रदेशमा यस वर्ष मनसुन प्रतिकूल हुँदा धान रोपाइँ गम्भीर रूपमा प्रभावित भएको छ । मधेस प्रदेशअन्तर्गत भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार हालसम्म मधेस प्रदेशमा जम्मा ४७ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको छ ।
लामो समयदेखि पानी नपर्दा धान रोपाइँ गर्न नपाएपछि महोत्तरीमा किसान चिन्तित छन् । जिल्लामा करिब ३० प्रतिशत मात्रै रोपाइँ भएको छ। दश नगरपालिका र ५ गाउँपालिका रहेको महोत्तरीमा कुल ७१ हजार ५७० हेक्टर खेतीयोग्य जमिन रहेकोमा ६४ हजार ९७७ हेक्टर जग्गामा खेती हुँदै आएको छ।

जिल्लाको उत्तर पश्चिमी क्षेत्रका किसानले मोटर, डिजेल पम्प, नदीनाला, इनार, कुवार स्यालो, ट्युबवेलको सहयोगमा २५ प्रतिशत रोपाइँ गर्न सफल भए पनि जिल्ला भरि रोपाइँको अवस्था सन्तोषजनक छैन ।
पानी नपर्दा किसानको धानका ब्याड सुक्न थालेको छ भने फाटफुट रूपमा किसानले रोपेको खेतमा धाँजा फाट्न थालेको छ । मधेस प्रदेश सरकारको सिफारिसमा सङ्घीय मन्त्रिपरिषद्ले उक्त प्रदेशलाई तीन महिनाका विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिसकेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो मधेसको सुक्खा ग्रस्त क्षेत्र अवलोकन गरे। प्रधानमन्त्री ओलीले हेलिकप्टरबाट मधेसको अवलोकन गरेका हुन् । प्रधामन्त्री ओली मधेसका विभिन्न कार्यक्रम पनि सहभागी भएका छन्।
सरकारले तीन महिना अवधिका लागि मधेस प्रदेशभर विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ । महोत्तरी जिल्लाका मटिहानी नगरपालिकाका ७ र ८ नम्बर वडा क्षेत्रका खेतहरू अधिकांश सुख्खा छन् भने पम्पसेटको साहयताले रोपाइँ गरिएका खेतहरूमा धाँजा फाटेका छन् ।
_7kb1IByoNq.jpg)
सोही गाउँका स्थानीय इस्लाम कवाडीमा अनुसार यस वर्ष खेतीको लागि मात्र नभएर पिउनको लागि पनि कलमा पानी नआएको सुनाए । खेती पनि आकाशको पानीको भरमा गर्नु पर्ने खै यो साल त खेती हुँदैन होला उनले निराशा पोखे ।
स्थानीय शान्ति खतवाको पनि यस वर्ष खडेरी र सुख्खाका कारण खेती भएको छैन । पैसा हुनेहरूले पम्पसेटको प्रयोगले धान रोपाई गरे पनि आफूहरू आकाशको पानीमै भर पर्नु परेको उनले सुनाइन् ।

सो क्षेत्रका किसानहरू अहिले पानीका लागि प्रार्थना गर्दै छन् भने कोही स्थानीय सरकार लगायत सम्बन्धित निकायको सहयोग र साहेताका लागि प्रतिक्षामा रहेका छन् । तस्बिर : नेपाल फोटो लाइब्रेरी








खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण