सातामा २२०० रुपैयाँ बढ्यो सुनको मूल्य, चाँदीको कति ?
सारांश
- यस साता नेपाली बजारमा सुनको मूल्य उतारचढावका बीच २२०० रुपैयाँले वृद्धि भयो।
- साउन २ गते छापावाल सुनको मूल्य तोलामा १ लाख ९२ हजार ५०० रुपैयाँ थियो, जुन साउन ९ गते १ लाख ९४ हजार ७०० रुपैयाँ पुग्यो।
- यस हप्ता चाँदीको मूल्यमा पनि वृद्धि भयो, तोलामा ६० रुपैयाँले बढेको छ।
काठमाडौँ । नेपाली बजारमा यो सातामा सुनको मूल्य उतारचढाव हुँदै कारोबारको अन्तिम दिन शुक्रबारसम्म आइपुग्दा २२०० रुपैयाँ वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार अर्थात साउन २ गते छापावाल सुनको मूल्य तोलामा १ लाख ९२ हजार ५०० रुपैयाँ कायम भएको थियो । जुन मूल्य यो शुक्रबार अर्थात साउन ९ गते १ लाख ९४ हजार ७०० रुपैयाँ कायम भएको हो ।
यद्यपि सो साता सुनको मूल्य तोलामा १ लाख ९७ हजार ६०० रुपैयाँसम्म पुगेको थियो । बुधबार छापावाल सुनको मूल्य उक्त बिन्दुमा पुगेको हो । त्यसअघि आइतबार १ लाख ९३ हजार ३००, सोमबार १ लाख ९३ हजार ७०० र मंगलबार १ लाख ९५ हजार ५०० रुपैयाँ कायम भएको थियो ।

त्यसको भोलिपल्ट सुनको मूल्य थप बढेकामा बिहीबार घटेर १ लाख ९५ हजार २०० रुपैयाँ कायम भयो । यस्तै शुक्रबार भने १ लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको हो ।
सो साता चाँदीको मूल्य पनि बढेको छ । साउन २ गते २ हजार २८० रुपैयाँ कायम भएको चाँदीको मूल्य ४ र ५ गते २ हजार २८५, ६ गते २ हजार ३२०, ७ गते २ हजार ३५० र ८ गते २ हजार ३३५ रुपैयाँ कायम भयो । यस्तै हिजो शुक्रबार तोलामा २ हजार ३४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
यस आधारमा सो साता चाँदीको मूल्य तोलामा ६० रुपैयाँ बढेको महासंघले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण