बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
फोटो फिचर

मधेस प्रदेशमा संरक्षण पोखरीको महत्त्व (तस्बिरहरू)

शनिबार, १० साउन २०८२, १२ : २०
शनिबार, १० साउन २०८२

सारांश

  • मधेस प्रदेशमा वर्षा नहुँदा पोखरीको महत्त्व बढेको छ, जसले स्थानीयको ध्यान आकर्षित गरेको छ।
  • चुरे क्षेत्रमा दुई सयभन्दा बढी संरक्षण पोखरी निर्माण भएका छन्, तर यकिन तथ्याङ्क उपलब्ध छैन।
  • राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिले जल पुनर्भरण पोखरी निर्माण गरिरहेको छ।

काठमाडौँ । लामो समयसम्म वर्षा नभएर सुख्खा बनेको मधेस प्रदेशमा अहिले संरक्षण पोखरीहरूको महत्त्व बढेको छ । विशेष गरेर चुरे क्षेत्रका संरक्षित प्राकृतिक तालतलैया र बायो इन्जिनियरिङ पद्धतिबाट वर्षामा बगेर जाने पानी संरक्षण गर्ने गरिएका स्थानका पानीका स्रोतहरूमा स्थानीयहरूको ध्यान केन्द्रित हुन थालेको छ । 

02-1

मधेस प्रदेशमा चुरे क्षेत्रका प्राकृतिक र कृत्रिम सानाठूला गरी दुई सय बढी संरक्षण पोखरी निर्माण भएका छन् । नेपालभरको चुरे क्षेत्रमा कति यस्ता पोखरी छन् भन्ने यकिन तथ्याङ्क भने छैन ।

03-2

भूमिगत पानीको सतह घट्दै गएपछि त्यसको परिपूर्ति गर्न राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिले र अन्य पर्यावरण संरक्षणमा लागेका संघसंस्थाहरुसँग मिलेर चुरे क्षेत्रमा जल पुनर्भरण पोखरी निर्माण गर्दै आएका छन् । 

04-3

अत्यधिक चुरे दोहनको साथै जलवायु परिवर्तनको असर मुख्य रूपमा पानीमा देखिएकाले भविष्यमा तराईका जिल्लामा पानीको चरम अभाव हुन नदिन चुरे क्षेत्रमा जल पुनर्भरण पोखरी निर्माण गरिएको हो ।

05-406-507-608-709-810-911-1012-1113-1214-1315-1416-15

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप