नेपालमा अहिलेको मुख्य दुस्मन राजतन्त्र होइन : अध्यक्ष प्रचण्ड
सारांश
- प्रचण्डले अहिले नेपालको मुख्य दुस्मन राजतन्त्र नभएको बताए ।
- उनले दलाल पुँजीपति, बिचौलियाहरूले देशलाई ध्वस्त पारिरहेको बताए ।
- उनले नोकरशाही पुँजीवाद विकास र समृद्धिको बाधक भएको उल्लेख गरे ।
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले नेपालको मुख्य दुस्मन राजतन्त्र नभएको बताएका छन् । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले उठ्न जमर्को गरे पनि नेपालमा सामन्ती निरङ्कुशतन्त्र र राजतन्त्र मुख्य दुस्मन नभएको बताए । उनले नेपालमा अहिले दलाल पुँजीपतिहरू, बिचौलियाहरू,ले नेपाल राज्यलाई विध्वंस बनाइरहेको बताए । नेपालको अर्थतन्त्रलाई, नेपालको विकास प्रक्रियालाई केही मुठीभर दलालहरूले आफ्नो कब्जामा लिएको उल्लेख गरे । आजको विकास र समृद्धिको यात्रामा नोकरशाही पुँजीवाद नै मुख्य वाधक भएको जिकिर गरे ।
अध्यक्ष प्रचण्डले भने, ‘नेपालमा अहिले दलाल पुँजीपतिहरू, बिचौलियाहरू, केही थोरैले नेपाल राज्यलाई विध्वंस पार्दैछन् । नेपालको अर्थतन्त्रलाई, नेपालको विकास प्रक्रियालाई केही मुठीभर दलालहरूले आफ्नो कब्जामा लिएका छन् । आजको विकास र समृद्धिको यात्रामा नोकरशाही पुँजीवाद नै मुख्य वाधक भएको छ । आजभोलि साँच्चै दयनीय स्थिति छ ।’
उनले थप भने, ‘विधायिकातिर हेर्दा पनि लाजमर्दो स्थिति छ । सङ्घीय निजामती विधेयकमा के भयो छेडखानी ? सबै सांसदहरू अपमानित हुने गरी चलखेल र छेडखानी कसले गर्यो ? अदालत, व्युरोकेसी, भ्रष्टाचार सर्वत्र छ । यसका विरुद्ध हामी लड्नुपर्छ । अहिले नेपालमा सामन्ती निरङ्कुशतन्त्र र राजतन्त्र मुख्य दुस्मन छैन नेपालमा । उठ्न जमर्को गरे पनि त्यो उठ्ने वाला पनि होइन ।’
अध्यक्ष प्रचण्डले भ्रष्टाचार, दलाल पुँजीवाद, नोकरशाही पुँजीवादको विरुद्ध सबै एक हुने सङ्कल्प गर्न जरुरी रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
-
ट्रम्पको हस्तक्षेपमा रातो कार्ड निलम्बन : फिफामा उजुरी दिने नर्वेको तयारी
-
स्वास्थ्यका महत्त्वपूर्ण निकायमा नेतृत्व सङ्कटः मन्त्रालय मौन, अड्डाहरू निमित्तकै भरमा
-
कन्टेक-सिङ्घा जेभीलाई सडक विभागको १५ दिने स्पष्टीकरण, कालोसूचीमा राख्ने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण