चितवनमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने
चितवन । चितवनका विभिन्न स्थानमा आइतबार ६ घण्टा विद्युत अवरुद्ध हुने भएको छ ।
विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले शनिबार एक सूचना जारी गर्दै बिहान र साँझको समयमा गरेर तीन वटा फिडरबाट प्रवाहित हुने बिजुलीमा ६ घण्टा विद्युत अवरुद्ध हुने जनाएको हो । केन्द्रको जारी गरेको तालिका अनुसार नारायणी–माडी फिडरमा बिहान ६ देखि ९ बजेसम्म र दिउँसो ३ देखि साँझ ६ बजेसम्म विद्युत सेवा अवरुद्ध हुनेछ ।
यसैगरी मेघौली–विजयनगर–शुक्रनगर फिडरमा बिहान ९ बजे देखि मध्यान्ह १२ बजेसम्म र बेलुका ६ बजेदेखि राती ९ बजेसम्म विद्युत सेवा अवरुद्ध हुनेछ । यसैगरी जगतपुर–रामपुर फिडरमा दिउँसो १२ बजेदेखि दिउँसो ३ बजे र बेलुका ९ बजेदेखि राती १२ बजेसम्म विद्युत सेवा अवरुद्ध हुनेछ ।
केन्द्रले जारी गरिएको सूचनामा केन्द्रबाट वितरण गरिएको लाइन अन्तर्गत भरतपुर १३२/३३ के.भी. सबस्टेशनबाट आपूर्ति हुने ३३ केभी डग कन्डक्टर तारमा ३०० एम्पियरभन्दा बढी विद्युत प्रवाह सहन नसक्ने (क्षमताले नधान्ने) अवस्थाले लोड व्यवस्थापनमा समस्या आएको उल्लेख छ।
अत्यधिक गर्मी र सिँचाइको समयमा कृषकको माग उच्च हुँदा विद्युत लोड ४५० एम्पियरसम्म पुगेको केन्द्रले जनाएको छ । समस्या समाधान गरेर लोड व्यवस्थापन हुँदै जाँदा तोकिएको समय अगावै पनि बिजुली आउन सक्ने केन्द्रले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण