माैसम पूर्वानुमान
मधेस र लुम्बिनीबाहेक ५ प्रदेशमा आज भारी वर्षाको सम्भावना
आइतबार, ११ साउन २०८२, १० : ०९
सारांश
- मौसम पूर्वानुमान महाशाखाले आइतबार मधेस र लुम्बिनी प्रदेशबाहेकका प्रदेशमा भारी वर्षा हुने जनाएको छ।
- कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ।
- राति कोशी र सुदूरपश्चिमसहित देशका पहाडी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले मधेस र लुम्बिनी प्रदेशबाहेकका प्रदेशमा आइतबार दिउँसो भारी वर्षा हुने जनाएको छ । आइतबार दिउँसो र रातिको पूर्वानुमान गर्दै विभागले यस्तो जनाएको हो ।
विभागका अनुसार आइतबार दिउँसो कोशी, बागमती, कर्णाली र सुदूरपश्चिमका प्रदेशका पहाडीसहित एक दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ । त्यस्तै मधेस र लुम्बिनी प्रदेशमा थोरै स्थानमा मध्यम वर्षासहित हावाहुरी चल्ने सम्भावना रहेको छ ।
आज राति देशभर साधरणतया बदली रहनेछ । कोशी र सुदूरपश्चिमलगायत देशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी तराई भूभागका थोरै स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्तरिक विवादले रुपन्देहीको कोटहीमाई गाउँपालिकामा अझै आएन बजेट
-
काठमाडौँमा एक वर्षमा २५ सय २८ विरोध प्रदर्शनका घटना
-
फुटबल क्लबका हस्ती प्रशिक्षकहरू धमाधम राष्ट्रिय टोलीमा जाँदै
-
प्रचण्डको प्रश्न : भदौ २३ र २४ गते हामी किन निरीह भयौँ ?
-
नेप्सेको सिस्टममा समस्या हुँदा परिसूचकमा १००० अंक गिरावट देखियो
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण