मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेकपाको गुल्मी जिल्ला कमिटीले भन्यो- पार्टीको गुल्मी–काठमाडौं सम्पर्क मञ्च छैन

आइतबार, ११ साउन २०८२, ११ : २०
आइतबार, ११ साउन २०८२

सारांश

  • नेकपा गुल्मी जिल्ला कमिटीले पार्टीको गुल्मी-काठमाडौं सम्पर्क मञ्च नभएको जनाएको छ।
  • माओवादी केन्द्रमा प्रवेश गरेको भनिएका व्यक्तिहरू पार्टीको कुनै पनि कमिटीमा नरहेको विज्ञप्तिमा उल्लेख छ।
  • नेकपाले माओवादी केन्द्रको झुठा प्रचारलाई निन्दा गर्दै पार्टीपंक्ति र जनसमुदायलाई भ्रममा नपर्न आग्रह गरेको छ।

गुल्मी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गुल्मी जिल्ला कमिटीले पार्टीको गुल्मी–काठमाडौं सम्पर्क मञ्च नभएको बताएको छ । हुँदै नभएको मञ्च माओवादी केन्द्रमा समाहित भएको भनेर गरिएको प्रचार भ्रामक भएको जिल्ला कमिटीले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

विज्ञप्तिमा भनिएको छ,  'हाम्रो पार्टीको काठमाडौंमा गुल्मी जिल्ला सम्बद्ध कुनै पनि मञ्च छैन।' साथै, शनिबार माओवादीमा प्रवेश गरेको भनेर सञ्चारमाध्यममा उल्लेख गरिएका व्यक्तिहरू पार्टीको कुनै पनि कमिटी, निकाय वा साधारण सदस्यसमेत नरहेको विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, 'वैचारिक रूपले पतन भई राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा स्थानीय स्तरमा बदनाम भइसकेको माओवादी केन्द्र (माके)ले नेकपाप्रति जनताको बढ्दो विश्वास र लोकप्रियता देखेपछि त्यसलाई कमजोर पार्ने नियतका साथ झुठा प्रचारहरू सुरु गरेको देखिन्छ।'

नेकपाले यस्ता अनर्गल प्रचारप्रति निन्दा व्यक्त गर्दै त्यसले पार्टीपंक्ति र गुल्मीबासी जनसमुदायलाई कुनै भ्रममा नपार्न आग्रह गरेको छ। विज्ञप्तिमा बसन्त सी (सेक्रेटरी) र खोमा सी (इन्चार्ज) का हस्ताक्षर छन्।

यसअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सचिवालयले विप्लवको गुल्मी-काठमाडौं सम्पर्क मञ्च माओवादी केन्द्रमा समाहित भएको बताएको थियो । 

विप्लवको पार्टी छाडेर माओवादी केन्द्रमा समाहित हुने नेताकार्यकर्ताहरूमा वासुदेव पौडेल, अनिषा पन्थी, जीवन भण्डारी, चिराग पौडेल, केशव राज न्यौरे, कुशल ढकाल, सुरज पाण्डे, अर्जुन क्षेत्री, रामकृष्ण ढकाल, युवराज अर्याल, देवी प्रसाद न्यौपाने, सागर भण्डारी, सन्देश न्यौपाने, सुवास सापकोटा लगायत रहेको सचिवालयको भनाइ थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप