'माग्ने राजा'को 'सुतेर उठेको पैसामा' गीतको चर्चा, कस्तो गर्ला व्यवसाय ?
सारांश
- नेपाली फिल्मको सफलतामा गीतसङ्गीतको महत्त्वपूर्ण भूमिका रहेको छ।
- फिल्म 'माग्ने राजा'को गीत 'सुतेर उठेको पैसामा' सामाजिक सञ्जालमा भाइरल भएको छ।
- भदौ ६ गते प्रदर्शन हुने फिल्ममा केदार घिमिरे, वर्षा सिवाकोटी लगायतका कलाकारको अभिनय छ।
काठमाडौँ । नेपाली फिल्मलाई व्यावसायिक सफलता दिलाउन गीतसङ्गीतले ठुलो भूमिका खेल्ने गरेको छ । गीतकै कारण कतिपय फिल्म सफल भएका छन् । उदाहरणको रूपमा फिल्म खुस्मा र छक्कापन्जा सिरिजलाई हेर्न सकिन्छ ।
पछिल्लो समय फिल्म ‘माग्ने राजा’को गीत ‘सुतेर उठेको पैसामा’ चर्चामा छ । ६ दिन अघि सार्वजनिक गीत अहिले सामाजिक प्लेटफम टिकटकमा भाइरल छ । यो गीतमा टिकटक भिडियो बनाउनेको संख्या दिन प्रतिदिन बढ्दो छ ।
६ दिनमा गीतलाई युट्युबमा २१ लाखभन्दा बढीले हेरिसकेका छन् । रिलिजको २ दिनसम्म औसत भिउज रहेको गीत टिकटकमा भाइरल बनेपछि उकालो लागेको हो । गीत दर्शकले रुचाएसँगै फिल्मको चर्चा पनि चुलिएको छ । गीतले फिल्मको व्यापारमा समेत फाइदा पुग्ने अनुमान गरिएको छ ।
ऋषि लामिछानेको निर्देशन रहेको फिल्म ‘माग्ने राजा’ आगामी भदौ ६ गतेबाट प्रदर्शनमा आउँदैछ । मुनाल घिमिरेको निर्माणमा रहेको फिल्ममा केदार घिमिरे, वर्षा सिवाकोटी, विल्सन विक्रम राई, शिशिर वाङदेल, शारदा गिरी, राधिका कँडेल लगायतको अभिनय छ ।
सामीप्यराज तिमल्सेनाको लेखन रहेको फिल्ममा नरेन्द्र मैनालीको डीओपी तथा मित्र गुरुङको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
माइक्रो म्यानेजमेन्टबाट पछि हट्यो अर्थ मन्त्रालय, रकमान्तर र कार्यक्रम संशोधनमा खुकुलो नीति
-
'चमेलीको पोइ'को 'ओइ ओइ चमेली तम्रा शेरे खोइ' सार्वजनिक
-
क्यान्सर जितेकी पहिलो मोडल डली बनिन् ‘मिसेस नेपाल युनिभर्स २०२६’
-
‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै
-
‘बम्पर चिठ्ठा’ निर्माण घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण