बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
युरोपियन च्याम्पियनसिप

युरोपियन च्याम्पियनसिप : उपाधिका लागि स्पेन र इङ्ल्यान्ड भिड्दै

आइतबार, ११ साउन २०८२, १३ : ५९
आइतबार, ११ साउन २०८२

सारांश

  • स्पेन महिला फुटबलले पछिल्लो समय विश्वकप जितेर आफूलाई बलियो साबित गरेको छ।
  • सन् २०२४ मा युरोपियन वुमन्स नेसन्स लिगको उपाधि जितेपछि स्पेन युरोपियन च्याम्पियनसिपको फाइनलमा पुगेको छ।
  • फाइनलमा स्पेनले इङ्ल्यान्डको सामना गर्दै उपाधि जित्ने लक्ष्य राखेको छ।

काठमाडौँ । पछिल्लो केही वर्षयता स्पेन महिला फुटबलमा बलियो रूपमा प्रस्तुत भइरहेको छ । सन् २०२३ को विश्वकप विजेता बन्दै स्पेनले आफूलाई  विश्व फुटबलमा बलियो टोलीका रूपमा स्थापित गर्‍यो । 

त्यसपछि स्पेनको यात्रा निकै रोचक बनेको छ । सन् २०२४ मा पनि स्पेनले एक ठुलो उपाधि आफ्नो पक्षमा बनायो । युरोपियन वुमन्स नेसन्स लिगको उपाधि जित्न सफल भयो । 

त्यसपछि स्पेनको टोली अहिले युरोपियन च्याम्पियनसिपको फाइनल खेलमा इङ्ल्यान्डको सामना गर्दैछ । स्वीजरल्यान्डको जाकोब पार्कमा हुने स्पेन र इङ्ल्यान्डबीचको खेल नेपाली समय अनुसार राति ९ः४५ बजे सुरु हुनेछ । 

आजको खेलमा दुवै टोली जित निकाल्दै उपाधि चुम्ने योजनामा हुनेछन् । तर, लगातार सफलता हात पारिरहेको स्पेनलाई हराउन इङ्ल्यान्डलाई त्यति सहज हुने छैन । 

‘हामी प्रतियोगिताको फाइनल पुग्ने योजनामा थियौं पुग्यौ पनि । अब उपाधि नजिक छौँ । यो ठुलो अवसरलाई सदुपयोग गर्दै उपाधि जित्ने छौँ,’ इङ्ल्यान्डकी कप्तान लेह विलियमसनले प्रिम्याच कन्फ्रेन्समा भनिन् । 

यता स्पेन पनि उपाधिलाई त्यति सहजै जान दिने योजनामा छैन । बलियो टोली स्पेनले पछिल्लो १० खेलमा लगातार जित निकाल्दै ३८ गोल गरेको छ । स्पेनकी कप्तान इरेनले आफूहरू निकै चनाखो भएर मैदान उत्रने बताइन् । 

‘हामी आफूलाई बलियो सम्झेर बसेका छैनौँ । हामीले यहाँ धेरै कुरा अझै सिक्न बाँकी छ । इङ्ल्यान्ड पनि बलियो टोली हो । हामी चनाखो भएर मैदान उत्रने छौँ,’ स्पेनकी कप्तान इरेन पेरेड्सले भनिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप