मादक पदार्थयुक्त ‘ककटेल’ आइसक्रिम
एजेन्सी । हुनतः मादक पदार्थयुक्त आइसक्रिम लामो समयदेखि बजारमा पाइन्छ । तर, त्यो खाँदा मान्छे मातिने भने हुँदैन थियो किनभने त्यसमा मादक पदार्थको मात्रा निकै कम हुने गथ्र्यो ।
तर, बज पप ककटेलले भने तपाईंलाई मात पनि दिनेछ ।
बज पप कक्टेल ताजा फलफूल र उच्च तहको मादक पदार्थ मिलाएर बनाइएको हुन्छ । जसले यसलाई अन्य मादक पदार्थयुक्त आइसक्रिमभन्दा भिन्न बनाउँछ ।
अन्य मादक पदार्थयुक्त आइसक्रिममा वियरको हाराहारीमा ४.५ प्रतिशत एबिभी हुन्छ भने बज पप कक्टेलमा यो मात्रा १५ प्रतिशत एबिभी हुन्छ । यसले तपाईं सजिलै मताउन सक्छ । आठ वटाको प्याकमा आउने यो आइसक्रिमले तपाईंलाई मात दिए पनि यो निकै महंगो पनि पर्छ ।
आठ वटाको प्याकलाई करिब १० हजार नेपाली रुपैयाँ पर्न आउँछ ।
यदी तपाईं यसलाई घरसम्म मगाउने गरी अर्डर गर्नुहुन्छ भने यसका लागि थप ३५ सय रुपैयाँ तिनुपर्ने हुन्छ ।

यो आइसक्रिम बनाउने कम्पनी अमेरिकाको लास भेगासमा रहेको छ । यसलाई अनलाइन पनि अर्डर गर्न सकिन्छ ।
यसका आठ फ्लेभर रहेका छन् जसमा पिंक प्याराडाइस, साउदर्न बेले, ब्लुबेरी मानिया, म्याङ्गो प्यासन फ्रुट, क्यारेबियन ब्रिज, मस्को म्युल, वाटरमेलन प्याच, लेमन ड्रप मार्टिनी रहेका छन् । यद्यपि, कम्पनीले भने वर्षभर ७५ वटा फरक फ्लेभर तयार गर्ने गरेको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अदालतले तोकेका समयसीमाभित्र फैसला कार्यान्वयन हुन्छ : मन्त्री गौतम
-
अधिकार सुनिश्चित गर्न नीतिगत सुधार आवश्यक : सभापति बास्कोटा
-
पहिलो खेलपछि सबै विश्वकप टोलीहरूको वरीयता
-
‘परम्परागत गृह प्रशासनलाई डिजिटल रुपान्तरण गर्ने बजेटको लक्ष्य’
-
विपद् व्यवस्थापनसम्बन्धी सन्देशसहित कार्टुन प्रदर्शनी
-
विश्वकपमा केही खेलाडीको जर्सीमा देखिने विशेष प्याच के हुन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण