पौडी खेल्दा डुबेर दुई जना बेपत्ता : खोजीका लागि प्रहरी, सशस्त्र र सेना खटिए
आइतबार, ११ साउन २०८२, २० : ४२
काठमाडौँ । रसुवाको गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर ५ मा पौडी खेल्ने क्रममा डुबेर दुई जना बेपत्ता भएका छन् ।
आइतबार मोरङको बेलबारी बस्ने मनोज न्यौपाने र विराटनगर बस्ने सुजन ढकाल गोसाईंकुण्डमा पाैडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
खाेजीकार्यका लागि तीन वटै सुरक्षा निकाय(प्रहरी,सशस्त्र र नेपाली सेना) खटिएका छन् । रसुवाबाट प्रहरी निरीक्षक राजु शाहको कमान्डमा ४ जनाको टोली र सशस्त्र प्रहरी बल नेपाल २० नम्बर गुल्म हेडक्वाटर धुन्चे रसुवाबाट सहायक प्रहरी नायव निरीक्षक मोहबिर नगालको कमान्डमा ७ जनाको टोली खोजी कार्यका लागि खटिएको छ ।
त्यस्तै नेपाली सेनाको सुरक्षा बेश क्याम्प चन्दनबारीबाट जम्दार लेख बहादुर बस्नेतको कमान्डमा ७ जनाको टोली परिचालन भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायतमा ऐतिहासिक गर्मी : दुई महिनामा २७ सयभन्दा बढीको ज्यान गएको अनुमान
-
वर्षा र पहिरोको कहर: कहाँ–कहाँ ठप्प छन् देशका प्रमुख सडक ?
-
चलचित्र क्षेत्रमा रङ्गभेद : के कलाभित्र पनि विभेदको पर्खाल छ ?
-
संघीय संसद्का चार समितिको बैठक सोमबार बस्दै
-
विदेश त्यागेर गाउँमै ड्रागनखेती : चुलाचुलीका प्रविणले कमाउँछन् वार्षिक १२ लाख
-
बीमा दाबी भुक्तानीमा समस्या भए उजुरी दिन प्राधिकरणको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण