अमेरिकामा बाढीको सङ्कट: जलवायु परिवर्तनको गम्भीर सङ्केत
सारांश
- सन् २०२५ को गर्मीयाममा अमेरिकामा विनाशकारी बाढी आएको छ, जसले आपत्कालीन सेवाहरूलाई दबाबमा पारेको छ।
- टेक्सास राज्यमा बाढीले ठूलो क्षति पुर्यायो, जसमा १३५ जनाको मृत्यु भएको थियो।
- वैज्ञानिकहरूले जलवायु परिवर्तनका कारण भविष्यमा यस्ता घटनाहरू अझ गम्भीर हुने चेतावनी दिएका छन्।
साक्रामेन्टो। सन् २०२५ को गर्मीयाम अमेरिकाको लागि विशेष रूपमा चुनौतीपूर्ण देखिएको छ । देशभर विनाशकारी बाढीहरूका शृङ्खलाले न केवल आपत्कालीन सेवाहरूलाई दबाबमा पारेका छन्, तर वैज्ञानिकहरूले यसलाई जलवायु परिवर्तनसँग सम्बन्धित खतराको गम्भीर सङ्केतका रूपमा पनि व्याख्या गरेका छन् ।
अमेरिकी मौसम विभागका अनुसार, यो वर्ष जुलाईसम्म मात्र तीन हजार ६०० भन्दा बढी आकस्मिक बाढी चेतावनी जारी गरिसकिएको छ । यो सङ्ख्या वार्षिक औसत (चार हजार) नजिक पुगिसकेको छ र अझ वर्षा जारी रहेमा यसलाई पार गर्न सक्ने अनुमान गरिएको छ ।
सबैभन्दा ठुलो असर टेक्सास राज्यमा परेको देखिएको छ । जुलाई ४ मा आएको बाढीले ग्वाडालूपे नदी उपत्यकामा गम्भीर क्षति पुर्यायो ।
स्थानीय अधिकारीहरूले दिएको जानकारी अनुसार, राज्यभर कम्तीमा १३५ जनाको निधन भएको छ । तीमध्ये धेरैजसो कर काउन्टीमा रहेका थिए, जहाँ १०७ जनाले ज्यान गुमाएका छन् ।
करभिल नजिकको नदीमा ४५ मिनेटको छोटो अवधिमा ११।३ मिटरभन्दा बढी पानीको सतह बढेको मापन गरिएको थियो । यसले उद्धार कार्यलाई थप जटिल बनाएको जनाइएको छ ।
वैज्ञानिकहरूको विश्लेषण अनुसार, यस वर्ष समुद्रको सतहको तापक्रम अत्यधिक बढ्दा वायुमण्डलमा जलवाष्पको मात्रा धेरै पुगेको छ, जसले गर्दा वर्षा तीव्र भएको हो ।
जलवायु परिवर्तनका कारण भविष्यमा यस्ता घटना अझ गम्भीर र नियमित हुने सम्भावनातर्फ वैज्ञानिक सचेत गराइरहेका छन् । उनीहरूले बाढीको जोखिम न्यूनीकरणका लागि हरियाली पूर्वाधार, संशोधित भवन मापदण्ड र अद्यावधिक गरिएको बाढी नक्साको आवश्यकता औँल्याएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण