शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

कोशी प्रदेशमा खडेरीको प्रभाव : गत वर्षभन्दा धान रोपाइँमा कमी

आइतबार, ११ साउन २०८२, २२ : २६
आइतबार, ११ साउन २०८२

विराटनगर । यस वर्ष पर्याप्त पानी नपर्दा कोशी प्रदेशमा धान रोपाइँ प्रभावित भएको छ । कृषि विकास निर्देशनालय, कोशी प्रदेशले आइतबार (साउन ११ गते) सार्वजनिक गरेको तथ्याङ्कअनुसार, प्रदेशभर हालसम्म ८०.३९ प्रतिशत मात्र रोपाइँ सकिएको छ ।

गत वर्षको साउन ११ गतेसम्ममा प्रदेशभर ८६.९७ प्रतिशत रोपाइँ भइसकेको थियो । यसपटक समयमै पानी नपर्दा किसानहरूले चाहेर पनि रोपाइँ गर्न नसकेका हुन् ।

निर्देशनालयको विवरणअनुसार, प्रदेशको कूल १ लाख ९३ हजार २८५ हेक्टर धान खेती हुने क्षेत्रफलमध्ये हालसम्म १ लाख ६१ हजार २४६ हेक्टरमा मात्र रोपाइँ भएको छ ।

ताप्लेजुङ, सङ्खुवासभा र सोलुखुम्बु जस्ता उच्च पहाडी जिल्लाहरूमा औसतमा ६८.४६ प्रतिशत मात्र रोपाइँ भएको छ। पाँचथर, इलाम, भोजपुर, तेह्रथुम, धनकुटा, उदयपुर, ओखलढुङ्गा र खोटाङ जस्ता मध्य पहाडी जिल्लाहरूमा ७४.४३ प्रतिशत रोपाइँ सकिएको छ । झापा, मोरङ र सुनसरी जस्ता तराईका जिल्लाहरूमा भने ८३.४२ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।

सबैभन्दा बढी ओखलढुङ्गामा ९१.८७ प्रतिशत, मोरङमा ८५ प्रतिशत र सुनसरीमा ८४ प्रतिशत रोपाइँ भएको छ। त्यस्तै, सोलुखुम्बुमा ८९ प्रतिशत र खोटाङमा ८८.५८ प्रतिशत रोपाइँ भएको छ । खडेरीको सबैभन्दा बढी मारमा तेह्रथुम परेको छ । 

जहाँ ५६ प्रतिशत मात्र रोपाइँ हुन सकेको छ। धनकुटामा ६१ प्रतिशत रोपाई भएको छ । गत वर्षको तुलनामा रोपाइँमा आएको कमीले यस वर्ष कोशी प्रदेशमा धान उत्पादन घट्न सक्ने चिन्ता बढाएको छ । 

Dhan Data

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप