शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
भलिबल लिग

यी हुन् एभरेस्ट महिला भलिबलका फ्रेन्चाइज टोली र खेलाडी

सोमबार, १२ साउन २०८२, १० : १७
सोमबार, १२ साउन २०८२

सारांश

  • पोखरामा भदौ २० देखि २८ गतेसम्म एभरेस्ट महिला भलिबल लिग हुने भएको छ, जसमा ६ टोलीको सहभागिता रहनेछ।
  • प्रतियोगिताका लागि टोलीहरूले मार्की खेलाडी र अक्सनबाट खेलाडी अनुबन्ध गरिसकेका छन्, जसमा केही टोली परिवर्तन भएका छन्।
  • कर्णाली यश्विस, ललितपुर क्विन्स, र काठमाडौँ स्पाइकर्सले मार्की खेलाडी र प्रशिक्षकलाई निरन्तरता दिएका छन्, भने केही नयाँ प्रशिक्षक थपिएका छन्।

काठमाडौँ । आगामी भदौ २० देखि २८ गतेसम्म पोखरामा हुने एभरेस्ट महिला भलिबल लिग (ईडब्लूभीएल) प्रतियोगिताको तयारी सबै टोलीले थालेका छन् । प्रतियोगितामा ६ टोली सहभागी हुँदैछन् । 

ती टोलीले एक मार्की खेलाडी र ६ जना खेलाडी अक्सनबाट अनुबन्ध गरिसकेका छन् । पहिलो सिजनमा भएका दुई टोली भने परिवर्तन भएका छन् । 

जसमा गण्डकी थन्डर्सको ठाउँमा पोखरा निन्जास आएको छ भने चितवन शक्तिको ठाउँमा लुम्बिनी लाभास आएको छ । पहिलो सिजनमा रहेका चार टोली निरन्तर छन् । जसमा कर्णाली यश्विस, काठमाडौँ स्पाइकर्स, मधेस युनाइटेड र ललितपुर क्विन्स छन् । साबिकको विजेता कर्णालीले प्रतियोगितामा आफ्नो मार्की खेलाडी र प्रशिक्षकलाई निरन्तरता दिएको छ । 

कर्णालीको मार्की खेलाडी सुमित्रा रेग्मी छिन् भने मुख्य प्रशिक्षकमा कुमार राई छन् । त्यस्तै उपविजेता टोली ललितपुरले पनि आफ्नो मार्की खेलाडी र प्रशिक्षकलाई निरन्तरता दिएको छ । ललितपुरको मार्की खेलाडीमा सलिन श्रेष्ठ छन् भने मुख्य प्रशिक्षकमा उत्सव खड्का छन् । 

यस्तै, काठमाडौंले मार्की खेलाडीमा उषा भण्डारीलाई निरन्तरता दिएको छ । मुख्य प्रशिक्षकमा भने लोकेश बुढालाई भित्र्याएको छ । 

यता मधेस युनाइटेडले आफ्नो मुख्य प्रशिक्षकमा कोपिला उप्रेतीलाई राखेको छ । पहिलो सिजन मधेसमा भरत यादव प्रशिक्षक थिए । 

पोखरा निन्जासले मार्की खेलाडीमा प्रगति नाथलाई राखेको छ भने मुख्य प्रशिक्षकमा रुपेश विष्ट छन् । लुम्बिनी लाभासले भने आफ्नो मुख्य प्रशिक्षकमा भरत यादवलाई राखेको छ । लुम्बिनीको मार्की खेलाडीमा नेपाली राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाही छिन् । उनी पहिलो सिजनमा चितवन शक्तिमा आवद्ध थिइन् । 

प्रतियोगितामा यो पटक अक्सनबाट खेलाडीहरू छनोट भएका थिए । जसमा हरेक टोलीले ए क्याटगोरीबाट एक खेलाडी र बी तथा सीबाट समान तीन–तीन खेलाडी छानेका थिए । यो सिजन सबै टोलीले मार्की खेलाडीको मूल्यसँगै आठ लाख रुपैयाँ खर्च गर्न पाउने बताइएको थियो ।  

टिम र खेलाडी सूची

  • कर्णाली यश्विस

मार्की खेलाडी : सुमित्रा रेग्मी

मुख्य प्रशिक्षक : कुमार राई 

खेलाडी : साफिया पुन, रस्मिता दुरा, जसना महतो, पूजा थारु, नेबिका चौधरी, रेबिका लामा तामाङ र एलिसा भोजु 

  • ललितपुर क्विन्स 

मार्की खेलाडी : शलिना श्रेष्ठ 

मुख्य प्रशिक्षक : उत्सव खड्का 

खेलाडी : संगम महतो, लक्ष्मी चन्द, सुनिता राई, सलिना बूढा मगर, निशा चौधरी, सृष्टि खड्गी र भावना डाँगी 

  • मधेस युनाइटेड

मार्की खेलाडी : निरुता ठगुन्ना

मुख्य प्रशिक्षक : कोपिला उप्रेती 

खेलाडी : आरती सुवेदी, कोपिला राना, सरस्वती कट्टेल, उषा विष्ट, वविता बोहरा, वसन्ती साउद र स्नेहा ठगुन्ना 

  • लुम्बिनी लाभाज

मार्की खेलाडी : अरुण शाही

मुख्य प्रशिक्षक : भरत यादव 

खेलाडी : कामना विष्ट, अलिशा मानन्धर, शान्तिकला तामाङ, जेनिशा विश्वकर्मा, रोमा महतो, रिक्जना भोटे र अनुष्का चौधरी 

  • पोखरा निन्जास 

मार्की खेलाडी : प्रगति नाथ 

मुख्य प्रशिक्षक : रुपेश विष्ट 

खेलाडी : पुनम चन्द, मीना सुनार, सुनिता खत्री, गरिमा बोहरा, अञ्जिला प्रधान, निशा महर र भावना तामाङ 

  • काठमाडौँ स्पाइकर्स

मार्की खेलाडी : उषा भण्डारी 

मुख्य प्रशिक्षक : लोकेश बुढा 

खेलाडी : कविता भट्ट, मनीषा चौधरी, यमुना रसाइली, रीमा कुँवर, वाल्मिका आचार्य, कमला पुन र आशिका क्षेत्री  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप