दोस्रो महिला कबड्डी विश्वकप अनिश्चितकालका लागि स्थगित
सोमबार, १२ साउन २०८२, १५ : ११
काठमाडौँ । दोस्रो महिला कबड्डी विश्वकप अनिश्चितकालका लागि स्थगित भएको छ । हैदराबादको गाछीबौली इनडोर स्टेडियममा हुने भनिएको प्रतियोगिता स्थगित भएको हो । नेपालले पनि सहभागिता जनाउने भनेको प्रतियोगिता साउन १८ देखि २५ सम्म आयोजना हुने तालिका थियो ।
प्रतियोगिता सरेको यो दोस्रो पटक हो । यसअघि प्रतियोगिता गत जुनमा हुने तालिका रहेको थियो । भारतीय एमेच्योर कबड्डी महासङ्घ (एकेएफआई) ले टिम व्यवस्थापनमा ढिलाइ भएका कारण प्रतियोगिता सार्न परेको बताएको छ ।
विश्वकपमा नेपाल सहित आयोजक भारत, बङ्गलादेश, इरान, जापान, थाइल्यान्ड, युगान्डा, जाञ्जिबार, अर्जेन्टिना, चाइनिज ताइपेई, पोल्यान्ड, जर्मनी, नेदरल्यान्ड्स र केन्यालगायत १४ देशले सहभागिता जनाउने तालिका रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण