उर्मिला हायूको परिवारले थातथलो छाड्नुको रहस्य खुल्यो
सारांश
- सिन्धुलीको गोलन्जोर गाउँपालिकाबाट हिँडेर पोखरामा भेटिएका उर्मिला हायूको परिवार फेला परेको छ।
- उनीहरू पोखरा महानगरपालिका-३० गगनगौडामा कोठा भाडामा लिएर बसेको अवस्थामा फेला परेका हुन्।
- परिवारले घरमा बिरामी परेको र धामीले नबस्न भनेकोले थाकथलो छाडेको बताएका छन्।
काठमाडौँ । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट थाकथलो छाडेर सोमबार बेलुका पोखरामा भेटिएका उर्मिला हायूको परिवारका सदस्यबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
उर्मिलासहित उनका परिवारका १६ पोखरा महानगरपालिका–३० गगनगौडामा भेटिएका थिए । उनीहरू गगनगौडास्थित सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा कोठा भाडामा लिएर बसेका अवस्थामा प्रहरीले फेलापारेको सिसुवा इलाका प्रहरी कार्यालयका प्रमुख श्रवण विकले जानकारी दिए ।
“हिजो आफन्त र जनप्रतिनिधिको रोहबरमा उहाँहरू जहाँ बसेको हो त्यही रहनुभएको छ, सामान्य सोधपुछ गरेर राखिएको छ”, उनले भने, “उहाँहरू त्यहाँ कोठा खोजेर बस्नुभएको रहेछ ।”
घरमा बिरामी परिराख्ने, केटाकेटी बिरामी हुने र धामीले पनि नबस्न भनेको जनाउँदै उनीहरूले प्रारम्भिक जानकारी दिएका प्रहरी प्रमुख विकले जानकारी दिए । उनीहरूका बारेमा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका सय दिन उत्साहप्रद छैनन्, न त उल्लेख्य
-
जेब्रा झोला बोकेर होल्डिङ सेन्टरबाट बाहिरिँदै गरेका बालकलाई हर्क साम्पाङले गरे ५० हजार सहयोगको घोषणा
-
सुकुमबासीलाई एउटा जोखिमबाट निकालेर अर्को जोखिममा धकेलियो : आङ्देम्बे
-
पूर्व गृहसचिव पद्मप्रसाद पोखरेलको निधन
-
हेर्नुहोस् साताका ७ तस्बिर
-
सुरुङ सञ्चालनअघि मर्निङ वाक गर्नेहरूको रोजाइ बन्यो नागढुंगा–सिस्नेखोला लिङ्क रोड (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण